भूकम्पपीडितका लागि प्राप्त दुई करोडको राहत नष्ट
मकालु खबर
२०७४ जेठ १५ गते
पुस १८, नुवाकोट । नुवाकोट जिल्लाका भूकम्पपीडितका लागि ल्याइएका खाद्यान्न सहितका राहत सामग्री प्रयोगविहीन भएकाले नष्ट गरिएको छ ।
विदुर स्थित इलम प्रशिक्षण केन्द्रमा भण्डारण गरिएको राहत सामग्रीको म्याद गुज्रिनुका साथै कुहिएर प्रयोगविहीन भएकाले एकसाता लगाएर नष्ट गरिएको हो ।
२०७२ वैशाख १२ मा विनाशकारी भूकम्प गएलगत्तै वैशाख र जेठ महिनामा विभिन्न संस्था र दातृराष्ट्र प्राप्त राहत भण्डारण गरिएको लामो समयसम्म सही व्यवस्थापन नहुँदा कुहिएको थियो ।
नष्ट गरिएका सामग्री दुई करोडभन्दा बढी मूल्यको छ ।
मकालु खबर
२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित