दोस्रो खुला राष्ट्रिय ब्याडमिन्टनमा दिदी नङ्सल र भाइ रत्नजितकै वर्चश्व
मकालु खबर
२०७४ जेठ १५ गते
“
काठमाडौं, भदौ २४ । दोस्रो खुला राष्ट्रिय ब्याडमिन्टन प्रतियोगितामा पनि एकल स्पर्धामा दिदी नङ्सलदेवी तामाङ र भाइ रत्नजित तामाङ विजयी भएका छन् ।
ज्येष्ठ ब्याडमिन्टन एकेडेमीले आयोजना गरेको प्रतियोगिताका दुवै संस्करणमा नङ्सल र रत्नजित विजयी भएका हुन् ।
फाइनलमा नेपाली सेनाकी नङ्सलले आफ्नै क्लबकी अमिता गिरीलाई २१–१३ र २१–१७ को सोझो सेटमा पराजित गरिन् ।
त्यस्तै, सेनाकै रत्नजितले आफ्नै क्लबका नविन श्रेष्ठलाई २२–२० र २१–१८ ले पराजित गरे । विजेताले २५ हजार तथा उपविजेताले १५ हजार रुपैयाँ पुरस्कार जिते ।
१२ जिल्ला र ८ क्लबका गरी २१९ खेलाडीले विभिन्न ८ स्पर्धामा प्रतिस्पर्धा गरेको प्रतियोगिता संयोजक तथा ब्याडमिन्टनका राष्ट्रिय प्रमुख प्रशिक्षक सुदीप योञ्जनले जानकारी दिए ।
“
मकालु खबर
२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित