सन् २०२४ र ०२८ को ओलम्पिक पेरिस र लस एन्जलसमा
मकालु खबर
२०७४ जेठ १५ गते
“
काठमाडौं, भदौ २९ । अन्तराष्ट्रिय ओलम्पिक कमिटि आईओसीले सन् २०२४ र ०२८ को ओलम्पिक प्रतियोगिता आयोजना गर्न क्रमशः पेरिस र लस एन्जलसलाई जिम्मा दिएको छ ।
आईओसीको बुधबार बसेको वैठकले फ्रान्सको राजधानी पेरिसलाई २०२४ को ओलम्पिक आयोजनाको जिम्मा दिएको हो । यसैगरी अमेरिकी शहर लस एन्जलसले २०२८ को ओलम्पिक आयोजना गर्ने अख्तियारी पाएको छ । यसअघि पेरिस र लस एन्जलस दुवै शहरले २०२४ को ओलम्पिक आयोजना गर्ने दावी गरेका थिए ।
तर पछि आआईओसीकै सुझाव अनुसार लस एन्जलस ४ वर्ष पछि ओलम्पिक आयोजना गर्न तयार भएपछि आईओसीलाई निर्णय गर्न सहज भएको हो । पेरिसले यसअघि सन् १९२४ मा ओलम्पिक खेल आयोजना गरेको थियो भने लस एन्जलसले १९३२ र १९८४ मा ओलम्पिक गेम्स आयोजना गरेको थियो । तीन वर्षपछि सन् २०२० को ओलम्पिक खेल भने जापानको टोकियोले आयोजना गर्दैछ ।
“
मकालु खबर
२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित