इंग्लिस प्रिमियर लिग: बोर्नमाउथ ब्राइटनलाई २–१ ले हराउदै विजयी
मकालु खबर
२०७४ जेठ १५ गते
“
काठमाडौं, भदौ ३१ । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत शुक्रबार राति भएको खेलमा बोर्नमाउथ विजयी भएको छ । घरेलु मैदानमा भएको खेलमा बोर्नमाउथले यहि सिजन प्रिमियर लिगमा बढुवा भएको क्लब ब्राइटनलाई २–१ ले हराएको हो ।
बोर्नमाउथको जितमा एण्ड्रयु सर्मन र जर्मेन डिफोले गोल गरे । ब्राइटनका लागि सोली मार्चले एक गोल गरे । पहिलो हाफमा गोलरहित बराबरी भएको खेलमा ५५ औं मिनेटमा मार्चले गोल गर्दै ब्राइटनलाई सुरुवाति अग्रता दिलाए ।
तर ६७ औं मिनेटमा सर्मनले बोर्नमाउथका लागि बराबरी गोल फर्काए । ७३ औं मिनेटमा डिफोले गोल गरेपछि बोर्नमाउथले २–१ को जित निश्चित गर्यो ।
प्रिमियर लिगको यो सिजनमा बोर्नमाउथको पहिलो जित हो । पाँच खेलबाट मात्रै तीन अंक जोडेको बोर्नमाउथ पुछारबाट दोस्रो स्थानमा छ । पाँच खेलबाट चार अंकसहित ब्राइटन १४ औं स्थानमा छ ।
“
मकालु खबर
२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित