पार्किङमा राखिएको जहाजमा धुवाँ निस्कियो
मकालु खबर
२०७४ जेठ १५ गते
“
काठमाडौं, असोज १८ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पार्किङ गरेर राखिएको इथियोपियन एयरको जहाजमा एक्कासी धुवाँ निस्किएको छ ।
शान्ति सेनामा जाने नेपाली सेना लिन आएको बोइङ ७६७–३०० जहाजको अक्जिलरी पावर युनिट (एपीयू)मा धुवाँ निस्किएको विमानस्थल कार्यालयले जनाएको छ ।
धुवाँ के कारणले निस्किएको हो भन्ने थाहा हुन सकेको छैन । विमानस्थल कार्यालयका अनुसार आवश्यक मर्मत र अनुसन्धानपछि जहाज उडिसकेको छ ।
“
मकालु खबर
२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित