गोपनीयताको हकसम्बन्धी छुट्टै कानुन बनाउन राष्ट्रपतिद्वारा सरकारको ध्यानाकर्षण

काठमाडौं, असोज ३० । राष्ट्रपति विद्यादेवी भण्डारीले व्यक्तिगत गोपनीयताको हकसम्बन्धी छुट्टै कानुन बनाउन सरकारको ध्यानाकर्षण गराउनुभएको छ । राष्ट्रिय सूचना आयोगले आज काठमाण्डौंमा गरेको कार्यक्रममा राष्ट्रपति भण्डारीले सरकारका प्रत्येक काम–कारबाहीबारे जानकारी पाउने अधिकार हरेक नागरिकलाई हुने पनि बताउनुभयो ।

कार्यक्रममा प्रमुख सूचना आयुक्त कृष्णहरि बास्कोटाले सूचनाको हकसँग बाझिएका कानुनलाई अध्यावधिक गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले राष्ट्रिय सूचना आयोगलाई संवैधानिक हैसियत दिन पनि माग गर्नुभयो । उहाँले निर्वाचन आयोगमा दल दर्ता गर्न पेस भएका १० हजार मतदाताको समर्थनयुक्त ‘भेरिफाइड’ विवरणसम्बन्धी सूचना उपलब्ध गराउन आदेश दिइसकेको जानकारी पनि गराउनुभयो । कार्यक्रममा सूचना अधिकारी, सूचनाको हकका अभियन्ता र सूचना आयोगका कर्मचारीहरुलाई सम्मान गरिएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *