डिपो स्कुल बास्केटबलमा च्याम्पियन
“
कात्तिक ५, धरान । प्रथम यु १६ बास्केटवल च्याम्पियनशिपको उपाधि धरान १८ स्थित डिपो स्कुलले चुमेको छ । होराइजन क्लबको आयोजनामा आइतबार आयोजित एक दिने प्रतियोगितामा डिपो स्कुलले फाइनल खेलमा यलम्वर क्लब धरान ८ लाई २६–२४ अङ्कको झिनो अन्तरले पराजित गरेको हो ।
विजेता डिपो स्कुल तथा उपविजेता यलम्वर क्लबका खेलाडिहरुले ट्रफि सँगै मेडल र प्रमाण पत्र प्राप्त गरेका छन् । अत्यन्त प्रतिस्पर्धात्मक भिडन्त रहेको फाइनल खेलमा डिपो स्कुल र यलम्वर क्लबले प्रत्येक क्वाटरमा ८– ७, ८ – ७, ५ – ५, ५ – ५ अङ्क जोडेका थिए । प्रतियोगिताको उत्कृष्ट खेलाडीको उपाधि विजेता डिपो स्कुलका विशाल कटुवालले व्यक्तिगन १६ अङ्क जोडेका थिए । प्रतियोगिता अवधिभर उनको उत्कृष्ट प्रदशनको कारणले डिपो स्कुलले उपाधि चुम्न सफल रह्याे । उनले उत्कृष्ट खेलाडी ट्रफि र प्रमाण पत्र प्राप्त गरे । विजेता तथा उपविजेता खेलाडिहरुलाई पूर्वाञ्चल बास्केटबल प्रशिक्षक विकास चाम्लिङ राई, आयोजक क्लबका सल्लाहकार किसान राई र क्लबका कोषाध्यक्ष राम सुनुवारले पुरस्कार वितरण गरेका थिए ।
प्रतियोगितामा धरान भरीका विद्यालय र क्लब गरी सात वटा टिमले सहभागिता जनाएको प्रतियोगिता संयोजक उज्वल राईले जानकारी दिए । विद्यालय स्तरबाट नै बास्केटबल खेलाडी उत्पादनको लागि यस खालको यु १६ बास्केटबल प्रतियोगिताको आयोजना गरिएको संयोजक राईले जनाए । प्रतियोगितामा डिपो स्कुल, जेम्स स्कुल, लोटस स्कुल, होराइजन क्लब, यलम्वर क्लब, स्ट्याग क्लब र यलम्वर क्लबका खेलाडिहरुले सहभागिता जनाएको थिए । प्रतियोगिता धरान १७ स्थित श्री निम्न माविको प्रागणमा ब्रिटिस भुपु गोर्खा सैनिक द्धारा निर्मित बास्केटबल कोर्टमा सम्पन्न भएको थियो ।
“