पोखरामा १७ लाख ८६ हजार रुपैयाँसहित २१ जुवाडे पक्राउ

कात्तिक ५, पोखरा । तिहारको समयमा ठुलो रकम सहित तास खेलीरहेको अवस्थामा कास्की प्रहरीले पोखराका विभिन्न स्थानबाट जुवाडेहरु पक्राउ गरेको छ । पोखराका विभिन्न स्थनबाट १७ लाख ८६ हजार सात सय ५५ रुपैयाँ सहित तास खेलिरहेका २१ जनालाई प्रहरीले पक्राउ गरेको छ । तिहारको समय छोपेर विभिन्न स्थानमा ठुलो रकम सहित तास खेलिरहेको अवस्थामा पक्राउ गरिएको कास्की प्रहरी प्रवक्ता खड्कबहादुर खत्रीले जानकारी दिए ।

पक्राउ पर्नेहरुमा कार्तिक १ गते बुधवार साँझ ६ बजे पोखरा लेखनाथ १६ दीप स्थित रवि मल्लको घर भाडामा लिई बस्ने सानु शाहीको डेराबाट जिल्ला प्रहरी कार्यलय कास्कीबाट खटीएको प्रहरी टोलीले नगद दुई लाख एक हजार सात सय पैतिस रुपैयाँ र तीन बुक ताससहित चार जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा पोखरा लेखनाथ  १५ बस्ने ५४ वर्षीय कमल थापा, २९ वर्षीय राजु शाही, पोखरा लेखनाथ ८ बस्ने ५७ वर्षीय उत्तम शिल्पकार र सोही स्थानका ४५ वर्षीय शुक्ल थकाली रहेका छन् ।

त्यस्तै २ गते बिहीबार दिउँसो ३ बजे पोखरा लेखनाथ—३ नदिपुर स्थित मनमाया गर्बुजाले घरमै अवैध रूपमा जुवा तास खलाईरहेकी छन् भन्ने गोप्य सूचनाको आधारमा बडा प्रहरी कार्यालय बगर कास्कीबाट खटीएको प्रहरी टोलीले ३८ हजार बिस रुपैयाँ र ४ बुक ताससहित ७ जनालाई पक्राउ गरेको छ । यसरी पक्राउ पर्नेहरुमा पोखरा लेखनाथ ३ बस्ने ५१ वर्षीय मनमाया गर्बुजा, सोही स्थान बस्ने ५० वर्षीय संगिता श्रेष्ठ र ३५ वर्षीय खिममाया पुन, म्याग्दी दरबाङ घर भई पोखरा बस्ने ४७ वर्षीय राम रोक्का, पोखरा लेखनाथ २ बस्ने ५० वर्षीय भविषा पुन, पोखरा लेखनाथ ९ बस्ने ७९ वर्षीय तुलबिर पुन र पोखरा लेखनाथ ३० बस्ने ४७ वर्षीय भविलाल पुन रहेका छन् ।

यसै गरी २ बिहीबार राति ८ बजे पोखरा लेखनाथ २२ पुम्दिभुम्दिस्थित पोखरा भ्यू प्वाईण्ट नजिक सूर्य बरालको घरमा तास खेलिरहेको अवस्थामा प्रहरी नायव उपरिक्षक खड्कबहादुर खत्रीको कमाण्डमा खटिएको टोलीले पन्ध्र लाख सत्चालिस हजार सहित १० जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेहरुमा स्याङ्जा जिल्ला आँधिखोला गाउँपालिका २ बस्ने ४० वर्षीय राजेन्द्रबिक्रम पौडेल, सोही स्थानका ५० वर्षीय  नारायणप्रसाद पौडेल, पोखरा लेखनाथ २१ बस्ने बस्ने ३५ वर्षीय प्रकाश सुबेदी, पोखरा लेखनाथ २२ बस्ने ३३ वर्षीय राजेन्द्रबहादुर थापा, पोखरा लेखनाथ १७ बस्ने ४० वर्षीय होमबहादुर राना, पोखरा लेखनाथ २१ बस्ने ३७ वर्षीय अर्जुन पोख्रेल,  पोखरा लेखनाथ महानगरपालिका २ भैरबटोल बस्ने ३५ वर्षीय टिकाराम सुनार र पोखरा लेखनाथ ८ बस्ने ४५ वर्षीय ईन्द्रबहादुर कुवर रहेका छन् ।

पक्राउ परेका २१ जनालाई नै आइतबार सम्मानित कास्की जिल्ला अदालतबाट जुवा मुद्धामा म्याद थप गरी थप अनुसन्धान भइरहेको कास्की प्रहरीले जनाएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *