राष्ट्र बैंककाे अध्यक्षतामा स्विफ्ट ह्याक बारे छलफल
“
कात्तिक ७, काठमाडौँ । एनआइसी एसिया बैङ्कको स्विफ्ट ह्याक भएपछि राष्ट्र बैङ्कले सबै बैङ्कका सूचना प्रविधि विभागका प्रमुखहरुलाई बोलाएर सुरक्षित कारोबार कसरी गराउन सकिन्छ भन्ने बारे छलफल गरेकाे छ । हली तिहारको दिन एनआइसी एसियाको स्विफ्ट कारोबार ह्याक भएर केही रकम चोरी भएको थियो । यही कारण बाँकी बैंकहरुको अवस्था कस्तो छ भनेर राष्ट्र बैङ्कले विभागीय प्रमुखहरुलाई डाकेर जानकारी लिएको हो ।
‘अहिले स्विफ्ट कारोबारको वास्तविक अवस्था के हो भनेर सोधिएको थियो,’ एक बैङ्कका विभागीय भने । स्विफ्ट ह्याकबाट पुगेको क्षति र अन्य परीक्षणका लागि राष्ट्र बैङ्कले केपिएमजीलाई भारतबाट डाकेर निरक्षणमा खटाएको छ । टिमले अध्ययन प्रतिवेदन दिएपछि वास्तविक अवस्था बाहिर आउने छ ।
राष्ट्र बैङ्कले स्विफ्टको मापदण्ड अनुसार काम भएको छ/छैन भनेरसमेत सोधेको थियो । साथै भविष्यमा यस्ता खालका समस्या आए त्यसलाई तत्काल निदान गर्न र प्रणालीलाई कसरी मजबुत बनाउने भन्ने आवश्यक तयारी गर्न एक समितिसमेत गठन गर्ने भएको छ । सोमबारको बैठकले भने समिति बनाएन । अन्य सरोकारबालाहरुसँग समेत राय लिएर अगाडि बढ्ने राष्ट्र बैङ्कको योजना छ । छलफलमा अधिकांश बैङ्कका विभागीय प्रमुखहरु थिए । राष्ट्र बैकबाट सुपरिवेक्षण विभागका प्रमुख महेश्वरलाल श्रेष्ठ, सूचना प्रविधि विभागको टिम र अन्य विभागीय अधिकारीहरू सहभागी थिए ।ब
“