सुनुवारलार्इ पाँच हजार मतान्तरले जितेर देखार्इ दिन्छु
“
पूर्वि पहाडी जिल्ला अाेखलढुङ्गा नेपाली कांग्रेसका युवा नेता रामहरि खतिवडाकाे चर्चा जिल्लै भरी छ । सामाजिक रूपमा हरेक ब्यक्तिसँग घुलमिल हुने र प्रष्ट विचार दिन सक्ने नेताका रूपमा खतिवडालार्इ लिने गरिएकाे छ । अागामी मङ्सिर १० मा हुने प्रतिनिधि सभाको प्रत्यक्षतर्फको निर्वाचनमा अाेखलढुङ्गाबाट पूर्व सांसद खतिवडा र एमाले–माओवादीको वाम गठबन्धनबाट यज्ञराज सुनुवार विच चुनावी प्रतिष्पर्धा हुने तय भएकाे छ । खतिवडा र सुनुवार विचकाे द्विपक्षिय भिडन्तमा अाफ्नै पार्टीकाे भातृ संगठन नेपाल तरुण दलका अध्यक्ष ज्ञानेन्द्र रुम्दालीले प्रदेश सभाका लागि ‘वागी’ उम्मेदवारी दिएपछि खतिवडालार्इ सकस परेकाे छ । वागी उम्मेद्वार, चुनावी रणनीति लगायतका विषयमा खतिवडासँग मकालु खबर संवाददाता लोक राज रुम्दालीले गरेको कुराकानीकाे संक्षेप :
अाेखलढुङ्गाकाे चुनाबी माहोललाई कसरी नियालिरहनु भएको छ ?
पहिलो कुरा त संविधान जारी भएपछि सबै जनता निर्वाचन प्रति अत्यन्त उत्साहित भएकाे पाएकाे छु । भर्खरै स्थानीय तहको निर्वाचन पनि उत्साहपूर्ण वातावरणमा सम्पन्न भयो । आगामी प्रतिनिधिसभाको निर्वाचनमा मैले लड्दै गरेको ओखलढुङ्गामा पहिले दुई वटा निर्वाचन क्षेत्र थियो तर हाल एकै निर्वाचन क्षेत्र भएको छ । अस्ति मैले मनोनयन दर्ता गरेपछि त्यहाँको जनताको मुहारमा अत्यन्त उत्साह देखे–एकातिर वामपन्थी र अर्कातिर लोकतन्त्रवादीहरुको भीड थियाे । यसले जनतामा उत्साह छ भन्ने प्रष्ट भएकाे छ । समग्रमा भन्नु पर्दा जनताको मुहारमा छाएको खुसीले संविधान कार्यान्वयनकाे कार्य दिशाउन्मुख भएकाे पाएकाे छु ।
प्रतिनिधिभातर्फको टिकट पाइसकेपछि कस्तो महसुस भएको छ ?
धेरै खुसी छु । किनकि, ओखलढुङ्गाकाे मुहार फेर्नमा यसअघि संविधान सभामा बसेर जसरी आफ्नो जिम्मेवारी निर्वाह गरे, अब निर्वाचित भएर त्यहाँ पुगे भने चार वर्षभित्रै उत्कृष्ट जिल्ला बनाउँन सक्छु भन्ने विस्वास छ । र, मैले अाेखलढुङगाकाे विकासका लागि केहि गर्न सक्छु नै भनेर अाफ्नाे उम्मेद्वारी दिएकाे हुँ ।
तपार्इकाे जितले नै अाेखलढुङ्गाकाे सर्वाङ्गिण विकास हुन्छ भनेर जनताले कसरी विस्वास गर्ने ?
तपार्इंलार्इ स्पष्ट पार्न चाहन्छु । जतिखेर म संसदभित्र थिए, संसदले सबै सांसदहरुको कार्य मूल्यांकन गर्दा म उत्कृष्ट सांसद बन्न सफल भएकाे ब्यक्ती हुँ । मेराे पछि दोस्रो श्रेणीमा धनराज गुरुङ आउनु भयाे । तेस्रो श्रेणीमा रवीन्द्र अधिकारी आउँनु’भो र, दसौँमा रामनारायण बिडारी आउँन सफल हुनुभयो । उत्कृष्ट दश सांसदभित्र अनुराधा थापा मगर, मिना पुन, प्रेम सुवाल लगायतका साथीहरू पनि पर्नुभयो । त्यसैले मलाई यो गर्व लागेको छ कि मैले संविधान सभामा रहेर जनताले दिएको भोट खेर फालेकाे रहेनछु । मैले यहि समय १४ वर्षदेखि थाँती रहेको सुनकोशीको पुल बनाएर देखाइ दिए । सुनकोशी देखि ओखलढुङगा जिल्लासम्मको सडक बाटो पनि पक्की बनाए ।
अहिले दूधकोशी ‘एक्वायर’ का लागि ४५ करोड लगानी गरेर रम्बुवासम्मको बाटो सोलुसम्म पुर्याउँदै छौँ । त्यतिमात्र होइन लिखू ‘एक्वायर’को पहिलो बहुबर्षिय आयोजनाकाे सुरुवात पनि गरें । साँघुटार–घोडाखरी–ओखलढुङगाको सडक (पक्की) पीच गर्नका लागि ७५ करोड छुट्याइएको छ । त्यस्तै मेरै पहलमा घोडाखरी, बिलन्दु र श्रीचौरको सडक निर्माणका लागि ५० लाख छुट्याएर डीपीआर भएर दसौं करोड रकम त्यहाँ जाँदैछ । माथिका विकासका कार्यक्रम सांसद विकास क्षेत्र भन्दा बाहिरकाे कार्यक्रम हाे ।अहिले हामीले दूधकोशीका लागि ठुलो हाइड्रोपावर रम्बुवामा निर्माण गर्दैछौं, यसका लागि यसै वर्ष एक करोड ४३ लाख रुपैयाँ रकम त्यहाँ पुगेको छ । हाइड्रोपावर निर्माण सम्पन्न भएसँगै ओखलढुङगा र छिमेकी जिल्ला खोेटाङको मुहार फेरिँने छ । दसौँ हजार युवाहरूले रोजगार पाउने छन् । मैले संविधान सभामा रहेर संविधान लेखनका कार्यलार्इ निरन्तरता दिर्इरहँदा अाफ्नाे गृह जिल्लाका लागि पनि केही गरेकाे भनुभवले पनि अबकाे प्रतिनिधि सभाकाे निर्वाचनमा विजयी भएर अाएकाे अवस्थामा याे जिल्लाका लागि धेरै गर्न सक्छु की भन्ने अात्मविस्वास बढेकाे छ । र, जनताले पनि मैले गरेकाे कामकाे मुल्याङ्कन गर्नु हुनेछ भन्नेमा विस्वस्त छु ।
पार्टी भित्र टिकट बाँडफाँडमा त तपार्इलार्इ पनि निक्कै सास्ती खेप्न पर्यो नि हैन ?
म फेरि के स्पष्ट पार्न चाहन्छु भने, ओखलढुङगामा खसेको मत मध्ये बहुमत प्राप्त गर्ने एक मात्र एमपी मै हुँ । त्यसैले पार्टीले नहिच्किचाई कन मलार्इ प्रतिनिधि निर्वाचनकाे उम्मेद्वार बनायो । पार्टी जिल्ला सभापति प्रदीप सुनुवार हुनुहुन्थ्यो । उहाँलाई एक क्षेत्र र समाजसेवामा योगदान पुर्याउनुहुने मित्रसेन दाहाललाई अर्काे क्षेत्रमा टिकट दिइयो । तर, केही साथीहरूको क्षेत्र नम्बर एकको उम्मेदवार बन्न क्षेत्र नं. १ कै ‘क’ र क्षेत्र नं. २ को ‘ख’ कै हुनुपर्ने अडान थियो । तर, यसमा केही असन्तुष्टि पनि देखियो । चलन अनुसार त्यही अनुरूपको टिकट दिइएको भए सुनमा सुगन्ध हुने थियो तर, दुई चोटि पार्टी सभापति बनेर महत्त्वपूर्ण योगदान पुर्याउनु भएकोले पार्टीबाटै यस्तो निर्णय गरिएको हो ।
अर्काे कुरा भन्न बिर्सेछु । पार्टी सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले निवासमै बोलाएर तपाईँ प्रतिनिधिसभामा उहाँ प्रदेश सभामा भन्दै हातको इसारा गर्नुभयो । त्यसैले यसबारेमा अरू कुरा त मलाई थाहा छैन । तरपनि हामी सबै मिलेर नै अघि बढ्ने छौँ । मेराे उम्मेद्वारीमा कुनै सास्ती र झमेला केहि भएकाे हैन ।
कसरी मिल्न सक्नुहुन्छ ? अध्यक्ष प्रदीप सुनुवार विरुद्ध तरुण दलका अध्यक्ष ज्ञानेन्द्र रुम्दालीले ‘वागी’ उम्मेदवार फिर्ता लिनुभएन, अब कस्तो ‘एक्सन’ लिनुहुन्छ ?
हिजो बुधवारसम्म अन्तिम उम्मेदवारको नाम प्रकाशन भयो । अहिले पनि यहीँ विषयमा सबैसँग के गर्ने कसो गर्ने भन्ने कुराकानी भइरहेको छ । पार्टी सबैको हो । व्यक्तिको होइन ।
प्रसङ्ग बदलौँ, वाम गठबन्धनदेखि कत्तिको डराउनुभएको छ ?
यो वाम गठबन्धन होइन, माओवादी–एमालेको तालमेल हो । न कम्युनिष्ट वाला सिपी मैनाली छन् , नत नारायणमान बिजुक्छे न त डा. बाबुराम भट्टराई नै छन् । यो ‘खाम तालमेल’ हो । खानका लागि र सत्ता पाउनका लागि गरिएको गठबन्धन हो । ओखलढुङगेली जनता भेडा बाख्रा होइनन्, फुत्त त्यसमा भोट हालेर आइज भनेको मान्ने। पञ्चायत कालमा प्रजातन्त्रवादीलाई सिध्याउँन खोज्दा पनि लुकेर बसेर आफ्नो क्षमता प्रदर्शन गर्ने काङ्ग्रेस नै हो । त्यसैले याे वाम तालमेलले हामीलाई कुनै असर गर्दैन ।
वाम गठबन्धनदेखि काँग्रेस नडराएको भए एकाएक किन लोकतान्त्रिक गठबन्धन निर्माण गर्याे त ?
फेरि पनि एउटा कुरा स्पष्ट गरुँ–हामीबाट छुट्टिएर जानु भएको विजय दाइ हामी सँगै आउनुभयो । नदीबाट छुट्टिएको भंगालो कि त नदीमै मिसिन्छ कि सुकेरै जान्छ । विजय दार्इ नदीमै आएर मिसिनु भयो । त्यसैले यो सब नचाहिँदो हल्ला मात्र फिँजाइएको हो । छुट्टिएका साथीहरू आउनु भएको मात्र हो । तर, यो भन्दा अन्यथा कुरा गरिएको छ भने म जान्दिन ।
तपार्इंकाे प्रतिपक्षी वाम गठबन्धनका बलिया उम्मेदवार हुनुहुन्छ । उहाँसँग आमनेसामने गर्न सक्ने तागत कस्तो बनाउनु भएको छ ?
मलाई आज फेरि खुसी लागेको छ । म सँगै लड्ने (यज्ञराज सुनुवार) लाई पनि ‘ह्याभी वेट’कै तक्मा भिरार्इएछ । तर,मैले अघि पनि भनिसकेको छु, ओखलढुङगाको विकास निर्माणका योजनाहरू अघि सारेर नवलपुर पुलको शिलान्यासका लागि मन्त्री लैजादा उहाँहरूले काममा बाधा पुर्याएको त्यो कागज मसँग छ । निर्वाचन आयोगले दिएको सहमति पत्रको त्यो कागज जुनसुकै समय देखाउन सक्छु । मेरो डायरीमा सुरक्षित छ । तर, शिलान्यास गर्न दिइएन । त्यसैले ओखलढुङगा जिल्लामा बलबहादुर राईपछि विकासका कामहरू लैजाने कामहरू हामीले गरेका छौँ । ओखलढुङगा जनता त्यति मूर्ख छैनन् कि अब काम नै नगरेकाे लार्इ जिताउन् । म उहाँसँग पाँच हजारको मतान्तरले चुनावमा जितेर देखाइदिन्छु । म प्रति त्यति विश्वास छ ओखलढुङ्गेली जनताको ।
तपार्इले चुनाव जित्ने तीन अाधार के के छन् ?
एक, संविधान निर्मांण गर्दा मैले खेलेको भूमिका । दुई, दुई तिहाई बहुमत ल्याएर संसद्मा पुगे । तीन, देशको शिर उच्च राख्न कुनै दिन सदनमा अनुपस्थित भइन । बिदाको दिन आफ्नो जिल्लाको विकासमा खटिएको छु । मैले गनेको पनि छु –सांसद बनेपछि चार वर्षमा एक सय १३ पटक ओखलढुङ्गा पाइला टेकेको छु । त्यसैले ओखलढुङगाको गाउँ नपुगेको रेकर्ड नै छैन ।
त्यस्तै, भूकम्प पिडितहरुलाई राहत वितरणका लागि आफ्नै खर्चमा राजधानीबाट चाँडो भन्दा चाँडो राहत वितरण गर्न हेलिकप्टर चार्टड गरे । तर, समाज सेवा र काम गर्नेलाई यो समाजमा बाँच्न मुस्किल छ । पैसा उठाएर खायो भन्ने हल्ला फिँजाइयो । मैले गाउँमा जिल्लाका सचिवहरुलाई नै लगेर राहत वितरण गरे । आजसम्म कुनचाहिँ सांसदले यसरी राहत वितरण गरेको रेकर्ड छ ?
तपाईंले त सांसद तलब भत्ता पनि बुझ्नुहुन्न, जिल्ला र जिल्लाबासीकै नाममा चढाउँदै आउनु भएको छ । यता उता चल्न अप्ठ्यारो हुँदैन ?
हो, यो मुख्य चासोकाे विषय छ । अहिले म यो नक्सालको सी एम डी रेष्टुरेण्टमा बसिरहेको छु । पहिला यो रेष्टुरेण्टको नाम बेगम थियो । यसमा मेरो लगानी पनि थियो । त्यस्तै, मेरो दरबारमार्गको रोयल साइनो, ठमेलको ओर आर टु के, पाटनको बगैँचा लगायत आठ दश वटा रेष्टुरेण्ट र पार्टी प्यालेसमा लगानी रहेको छ । जहाँ चार लाख बढी कर तिरेर बाँकी पैसा आउँछ त्यहीँ पैसाले रामहरि बाँचेको छ । त्यसैले पेसा नगरिकन तलब भत्ता बाँडेर हिँड्ने कुरा आउँदैन । मैले पेसा गरेर अनि बाँचेर जनताको पैसा जनताकै नाममा लगानी गरेको छु ।
निर्वाचन आयोगले उम्मेद्वारको चुनावी खर्चको सीमा निर्धारण गरे पनि चुनाव त महँगो नै देखियो नि हैन ?
मलाई यो बारे थाहा छैन । म गाउँमा जान्छु, साथीहरूले नै सबै कामको टुङगो लगार्इ सक्नु भएको हुन्छ । अहिलेसम्म त्यत्रो विधि चुनाव खर्च गरेको रेकर्ड छैन । सीमाभित्र रहेर खर्च गर्ने गरेको छु ।
भ्रष्टचार विरोधीलाई टिकट बाँडफाँड र उम्मेदवार बन्न अंकुश लगाइपनि तपार्इंकाे पार्टीले त पहिला उसैलाई प्राथमिकता दियो नि ?
को कहाँ छ ? त्यो हामीलाई थाहा छैन । तर, भ्रष्टाचार, कुशासन, अनैतिकताको अन्त्यका लागि संविधान मै स्पष्ट उल्लेख गरिएको छ र, अभियोग प्रमाणित भएको मान्छे उम्मेद्वार बन्न पाउँदैन । त्यसैले यसमा किन चिन्ता लिने ? यी सब वाहीयात कुरा हुन् ।
तर, खुमबहादुर खड्का यसको साक्षी हुनुहुन्छ त ?
हैन, पार्टी भित्र यस्ता मानिसहरू पनि होलान्, सबै मानिस दूधले नै नुहाएका पनि हुँदैन्र । तर यो विषयमा मेरो शुद्धिकरणको मुख्य अभियान हुनेछ ।
वाम गठबन्धन र तपाईँहरूको धार कहिलेसम्म टिक्ला ?
यो लेखेर राख्नुस्, उहाँहरूको (वामपन्थी) सम्बन्ध चुनाव सम्म । हामीले त धार नै निर्माण गरेकाे छैन । यसमा शङ्का नगरे हुन्छ । त्यसैले वामको कुरा गर्नुपर्दा– माओवादी अध्यक्ष प्रचण्डको पार्टीमा बसेका डा. बाबुराम भट्टराई संविधान जारी भएको भोलिपल्टै आफ्नो थलोतिर लागे भने, वैद्य, विप्लब मातृका यादव त झन् कता–कता पुगे । त्यसैले यो सत्ता प्राप्तिका लागि गरिएको गठबन्धन टिक्दै टिक्दैन । फेरि आजैको मिति कापीमा लेखेर राख्नुस्, चुनावको भोलिपल्ट के हुन्छ ।
संयोजक डा. बाबुरामलाई चाहिँ किन आफूतिर तान्नु भएको ?
हामीले तानेको होइन । ‘त्यहाँ टिक्न सकिँन लौ न मलाई सहयोग गर्नुपर्यो’ भन्नु भयो त्यसपछि हामीले ‘नाइँ’ भन्ने कुरा आएन । भूतपूर्व प्रधानमन्त्रीको एक सिट दिँदा इज्जत बच्छ भने दिऊँ भनेर उहाँलाई सहयोग गरेको हो ।
अन्त्यमा, दुर्बललाई सहयोग गर्न सदैव तत्पर हुनुहुन्छ हैन ?
अध्यक्ष प्रचण्डजीलाई पनि चुनावमा फेरि हार्छु होला भन्ने लाग्यो भने यसमा पनि पहल गर्छाैं र एमाले अध्यक्ष केपी ओलीलाई पनि यस्तो लागेमा एक सिट दिन तयार छौँ ।
“