वि पी चिन्तन प्रतिस्थानको युरोप प्रतिनिधिमा सुवेदी

विनय अधिकारी, बेलायत ।

वि पी चिन्तन प्रतिस्थानको युरोप महादेशका प्रतिनिधिका रूपमा राजेन्द्र प्रसाद सुवेदी नियुक्त हुनु भएको छ । नेपालको प्रजातान्त्रिक आन्दोलनका युगद्रष्टा, राजनेता, प्रजातन्त्र र समाजवादका प्रवर्तक जननेता वि पी कोइरालाका विचारहरू जनस्तरसम्म पुल्याई देशलाई सबल, स्वच्छ र समृद समाजको रूपमा रूपान्तरण गर्ने उद्देश्य सहित यो संस्था स्थापना भएको हो ।

यस संस्थाले हाल युरोपका सात देशहरू ( UK, Norway, Denmark, Poland, Germany, France and Ireland) मा आफ्नो सन्जाल विस्तार गरिसकेको छ । साथै, यस संस्थाले युरोपका सबै देशहरूमा प्रतिस्थानको सङ्गठन विस्तार गरी युरोप भरीकै महाधिवेशन गर्ने योजना बनाएको छ । यसका लागि बेल्जियमका प्रतिस्थान संयोजक धुर्व पौडेललाई जिम्मेवारी दिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *