नायक सिद्धिकीले आत्मकथा रोके, अभिनेत्री निहारिकासँगको शारीरिक सम्बन्ध विवादमा
“मुम्बई । बलिवुडका अभिनेता नवाजुद्धीन सिद्धिकीले आफ्नो प्रकाशित हुन् लागेको आत्मकथा एन अर्डिनरी लाइफ प्रकाशित नगर्ने भएका छन् । सामाजिक सञ्जाल मार्फत नवाजले सो जानकारी दिदै सो किताबले कसैको भावनामा चोट पुगेकोमा माफी माग्दै किताव बजारमा नल्याउने जानकारी दिएका हुन् ।
नवाजुद्धीनको किताबमा उनका पूर्वप्रेम प्रसंगहरुको उल्लेख भएकोमा उनकी पूर्व प्रेमिका अभिनेत्रीहरुले आक्रोश पोखेपछि उनले सो निर्णय गरेको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् ।
नवाजुद्धीनले उनकी सहकर्मी अभिनेत्री निहारिका शर्मासँग शारीरिक सम्बन्धको लागि प्रेम गरेको र आफु निकै स्वार्थी भएको सो किताबमा उल्लेख गरेका थिए । निहारिकाले सो किताबमा आफ्नो बारेमा उल्लेख भएका कुराहरु सत्य नभएको बताउदै महिलाको सहारा लिएर चर्चामा आउँ खोजेको बताएकी थिइन् । नवाजसँग छोटोसमयको समबन्ध भएपनि किताबमा उल्लेख गरेजस्तो नभएको निहारिकाले बताएकी थिइन् ।
त्यस्तै नवाजुद्धीनकी पुर्वप्रेमिका सुनिता राजवारले नवाजुद्धीनले किताबमा उल्लेख गरे जस्तो उनको गरिवीका कारण नभई गरिवी सोचाईका कारण उनलाई छोडेको बताएकी थिइन्। किताव निकाले पछि नवाजुद्धीन पहिला भन्दा झन् गरिब भएको कडा प्रतिक्रिया सुनीत ले व्यक्त गरेकी थिइन् ।
किताबमा उल्लेख भएको नवाजुद्धीनका प्रेम प्रसंगको विवाद पछि नवाजले सो निर्णय गरको बुझिएको छ । किताबका प्रकाशकसँगको आपसी सहमतिमा किताबलाई बाहिर नल्याउने निर्णय भएको बताइएको छ ।
ति फन्टमा भएका अक्षरहरु यहाँ पेस्ट गर्नुहोस् ।”