डा. महतद्धारा बुढानिलकण्ठ क्षेत्रको विकासमा लाग्ने प्रतिबद्धता

कार्तिक १५, काठमाडौँ । नेपाली काँग्रेसका नेता एंव क्षेत्र नं. ५ का उम्मेदवार डा.प्रकाशशरण महतले नेपाली काँग्रेस धार्मिक सह अस्थीत्वलाई सम्मान गर्दै धार्मिक एंव पुरातात्वीक सम्पदाहरुको विकासलाई उच्च महत्वका साथ काम गर्ने बताएका छन् ।

ठुलो एकादशीको अवसरमा बुढानिलकण्ठ मन्दिर परिसरमा आयोजित महायज्ञ सप्ताह कार्यक्रममा प्रमुख अतिथिका रूपमा सम्बोधन गर्दै डा. महतले पवित्र बुढानिलकण्ठ क्षेत्रको विकासका लागि आफू क्रियाशील रहने प्रतिबद्धता समेत व्यक्त गरे ।

कार्यक्रममा महायज्ञमा आर्थिक सहयोग गर्ने दाताहरुलाई डा.महतले सम्मान गरेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *