मिस कलेज आईडल २०१७ सिजन २ पुस ६ गतेबाट हुदै
काठमाडौं, पुस ४ । हरेक बर्ष जस्तै यो बर्षपनि ट्रिनीटी मार्केटिङ एण्ड ईभेन्ट म्यानेजमेन्ट प्रालि तथा मेरो जब भर्सेज डब्लु आर.आर ले संयुक्त रुपमा मिस कलेज आईडल २०१७ सिजन २ आयोजना गरेको छ ।
कलेजमा अध्ययनरत बिद्यार्थीहरुलाई प्रोत्साहन गर्न र उनिहरुको क्षमताको बिकाश गर्ने उदेश्यले कार्यक्रमको आयोजना गरिएको आयोजकले जनाएको छ । कार्यक्रममा बिभिन्न स्थानका प्रतियोगीहरु सहभागी भएका थिए ।
यसै क्रममा हिजो मिस कलेज आईडल २०१७ सिजन २ अभिमुखीकरण (वरिन्टेशन) कार्यक्रम सम्पन्न भएको छ ।
उक्त कार्यक्रममा प्रमुख अतिथी तथा अतिथीहरुमा ट्रिनीटी मार्केटिङका चिएरमेन सावित्री ढुङगाना, प्रोग्राम डाइरेक्टर तथा कोरियो ग्राफर नमिता भण्डारी, बर्नहाट स्कुलका कोडिनेटर प्रशन्न अर्याल, मकालु खबर डटकमका निर्देशक सि.आर बस्नेत, भवानी ईन्टरटेन्मेन्टका सोनीत ढुङगेल जब सिक्वैरका विकाश सिलवाल र गोपाल खरेल लगाएतको सहभागीता रहेको थियो ।भने, यस्तै फोटा ग्राफरमा उज्वल प्याकुरको सहभागीता रहको थियो ।
प्रतियोगीताको बिजेताले ५० हजार नगद सहित म्युजिक भिडियो, टुर प्याकेज लगाएत पाउने छन् भने, फस्ट रनरअपले २०,००० नगद र सेकेन्ड रनरअपले १०,००० नगत प्राप्त गर्ने छन् ।
यसै मिस कलेज आईडल २०१७ को ट्रेनिङ यहि पुस ६ गतेदेखि सुरु हुदैछ भने अन्तिम कार्यक्रम माघको पहिलो हप्ता हुने आयोजकले जनाएको छ ।