म त भन्छु–‘ठमेल र रत्नपार्कलाई किन ‘रेडलाइट यरिया’ घोषणा गरिँदैन’
“
दिदीसँग केही दिनको बसाइले नै जीवन बद्लियो भन्ने सोच पलायो । तर, सबै सपना बालुवामा मिसिन पुगे । दिदीको धन्दा अर्कै रहेछ । सुकिला मुकिला भएर हिँड्ने गरे पनि धन्दा त अर्कै रहेछ । दिनभर रत्नपार्क कि त ठमेलको सडकमा गएर बिताउँनुपर्ने । सुरुमा त म छाँगाबाट खसेझै भए । तर, घर परिवार र समाजको तिरस्कारले मलाई ठमेलमा उभिने पुरुषहरुलाई पट्याउ असहज भएन ।
सुरुमा दिदीलाई बेस्सरी गाली गरे । आफूलाई बरु त्यहीँ नर्कको गाउँमै पुर्याउन आग्रह गरे । ‘तलाई त्यो नर्कको समाजमा बाँच्न मन छ । एक पटक सोच ।’ दिदी झम्टिइन्,‘यहाँ त बरु स्वतन्त्रपूर्वक बाँच्न सकिन्छ नि !’
बिस्तारै म पनि दिदीजस्तै भए । केही समयमै सयाँ साथीहरू चिने । त्यसपछि त झन् थप ऊर्जा मिल्यो । यो संसारमा म मात्रै यस्तो रहनेछु अरू पनि हुँदा रहेछन् भन्ने लाग्यो । र,उनीहरूको साथले जीवन जिउँने र केही गर्ने साहस पलायो । तर,काम ग्राहकलाई आफ्नो शरीर भाडामा दिनु थियो ।
यसै गरी वर्षाैसम्म ती काला दिनहरू बिताइयो । ती दिनहरू सम्झिँदा मुटु धड्किन्छ । सुरुवातीका दिनहरू त कहन सकिँने अवस्था छैन । कुनै काम रहरले गर्नु र कहरले गर्नुमा आकाश पतालको फरकपन छ । जुन मैले भोगे । बानी नपरुन्जेल त मरुला झैँ लाग्थ्यो । तर,कहाँ जाऊ अनि के गरु ?
धेरै छटपटिन्थे, रुन्थेँ । कसैले नुसन्ने गरी चिच्याउँथेँ । तर,कुनै विकल्प थिएन । मर्नको लागि कयौँपल्ट आँट गरे तर साहस आउदैनथ्यौ । यसरी नै बिताए झलमल्ल सहरको अँध्यारो कोठामा । त्यतिखेर लाग्थो,काठमाडौका ती सुकिला भएर हिँड्ने भद्र पुरुषहरू देख्दा सबैभन्दा महान् हुन्, पहिले त मलाई यस्तै लाग्थ्यो । उनीहरुमाथि विश्वास लाग्थ्यो । जे भन्थेँ त्यहीँ मान्थे । कोही चाहिँ तिखा देखिएपनि बोली मिठा । धेरैले अनेक प्रलोभन पनि देखाए । म पनि उनीहरूको आशामा डुब्थे । कयौँ पटक उनीहरूको आशामा जीवनलाई अघि बढाए तर उनीहरूको आस केवल मेरो शरीरसँग आनन्द लिनु थियो । उनीहरूको आसमा सयौँलाई सित्तैमा यौन प्यास मेटाए । कत्तीले त बिहे गरेर दुलही नै बनाएर घरमा भित्र्याउँछु भनेर प्रेमको नाटक पनि गरे । तर,यी सबै कुरा वाहियात रहेछन् । पछि बुझँे । यहाँ यौन इच्छा पूरा गर्नेहरुले यस्तै कुरा गर्दा रहेछन् । उनीहरूले यति धेरै माया गरेको ठानेर महिनौँसम्म सित्तैमा आफ्नो शरीर पनि सुम्पिए ।
कोहीँ धनी बाउँका त कोही गाउँबाट राजधानी पढ्न आएका किसानका डेरावाला छोरा । भर्खंर १६/१७ किशोरअवस्थामा टेक्दै गरेका,घरमा दुई छोरा छोरी भएका अधवैशे पुरुषहरुको प्यास मेटाउनुपथ्र्याे । शरीरसँग मस्ति गरिसकेपछि मात्रै उनीहरूले घर परिवारको बारेमा आफ्नो कुरा हामीसमक्ष राख्थे । हामीलाई पैसाको खाँचोले समय बर्बाद गर्ने कुरै आउँदैनथ्यो । तर, पछि उनीहरूको कुरा सुनेपछि कयौँपटक म छाँगाबाट खसेझै भएको छु ।
तर, यो दुनियाँमा पैसा बिना के नै गर्न सकिन्छ र ? बुवासरीका पुरुषहरुलाई आफ्नो ज्यान सुम्पिए । उनीहरूले हामीलाई मनग्गे रकम दिएर आफूअनुकूल यौन आनन्द लिन खोज्थेँ । मानौँ कि हामी रवरबाट बनेका गुडिया हौँ । आफूले चाहेअनुसार जता जसरी दोवारे पनि हुने । आसन आसनमा बसेर यौन सम्बन् राख्न खोज्थे । उनीहरू यस्तै गर्न रुचाउँथे तर उनीहरूको यस्तो घिनलाग्दो प्रवृत्तिमाथि इन्कार गरेर कतिपटक चड्कन पनि लगाए । ‘त के को लागि आएको त्यो काम गरेर जा नत्र राम्रो हुने छैन ।’ मान्छे हेर्दा फिस्टो जत्रो तर, उनीहरूलाई फरक फरक स्वाद र शैली चाहिने ।
दिनमा एकथरि देखिने मान्छेहरूले रातमा अर्कै रूप फेर्छन् । चाहे ती जो सुकै होऊन् । जसरी राजनीतिमा नेताले क्षण भर मै रूप फेर्छन÷बदलिन्छन्,त्यस्तै । हामीसँग रात बिताउँन चाहनेहरुमध्ये कोही त धेरै असहिष्णु र हिंस्रक प्राणी जस्तै हामीमाथि हमला गर्न खोज्नेहरु पनि आए र गए । तर, कुनै त त्यस्ता दुर्लभ प्राणी झैँ असल र बुद्धिवान् पुरुषहरू पनि आए र फेरि केही गर्ने आशा जगाए । यौन प्यास मेटाउन आएका त्यस्ता पुरुषहरू भन्थे,‘श्रीमतीले यौनप्यास मेटाइनन् र छोरा छोरी जन्माउन समेत मानिनन् । त्यसैले निराश भएर यहाँ आउन बाध्य भए ।’ उनीहरू यो पनि भन्थे–‘हेर,जेली अब तिमी यसरी काम नगर अरू कुनै सिपमूलक काम खोजेर सिक । बरु त्यसमा मैले सहयोग गर्नुपर्ने गरौँला ।’ उनीहरूले मेरो मोबाइल नम्बर पनि लगेका थिए ।
कयौँपटक काम पाएको भनेर फोन गरे तर मैले मनलाई बुझाउन सकिँन । उनीहरूले पछिसम्म पनि फोन गरिँरहे । तर, म सहमत हुन सकिन । यसरी कसै–कसैले बोलेको कुरा सुन्दा आफ्ना घर परिवारले पनि यसरी नै सुझाव दिएको भए, अर्कै बन्थे । कतिपय चाहिँ यौन प्यास मेटाउन पाएको भन्दै टिप्स दिएर पनि जान्थे । हामी सबै दिनहु मर्जीको बलत्कार हुन्छौं र समाजमा बाँच्ने बाध्यताले ।
देशले हामीलाई अरूलाई झैँ इज्जत साथ समाजमा घुलाउन नसकेसम्म हाम्रो अवस्था यहीँ हुन्छ । भ्रष्टचार गरेर नेताहरू विदेश सयर गर्ने नेताहरूले विदेशमा छँदा तेस्रो लिंगीको अधिकारबारे चिन्तन,मनन गरेर आएपनि लागू गर्न सक्दैनन् । सिकेर आउछन् तर डराउँछन् ।
संसारमा तेस्रो लिंगीहरुले कति ठुला काम गरेका छन् ? तर, यहाँ केवल छक्का र हिँजडाको मात्र पगरी भिराएर यौनप्यास मेटाउने गरिन्छ । यो समाजलाई मेरो भन्नु केही छैन । भनेर केहिँ फाइदा हुनेवाला पनि छैन । जे जसरी भए पनि मैले काम गरेर आफ्नो पेट पालेको छु । कसैको चोरेर, लुटेर, धाकधम्की देखाएर, भ्ष्टचार अनि दलाल गरेर हात मुख जोरेको छैन ।
हामीलाई त्यसरी खानु पनि छैन । हामी आफैँ आत्म निर्भर बनेका छौँ । र, हामीलाई कसैको सम्पत्ति माथि आँखा लाउनु पनि छैन । केवल खुसीले आफ्नो शरीर केही घण्टाका लािग भाडामा दिएर पेट पालेका छाँै । अनि देशलाई खोक्रो बनाउने भ्रष्टचारी नेताभन्दा हामी कसरी तल्लो भयौँ । यो समाज किन यस्तो खोक्रो भएर बाँचेको होला ? बाहिर हेर्दा यति सुन्दर राम्रो छ । भित्र यसको कथा अर्कै छ, व्यथा अर्कै । सायद कसैले सोच्दैनन् होला आफ्नो छोरा लोग्ने वा दाजु भाइ साँझ पख रत्नपार्कको कुना कन्दरामा किन टेडो नजर लगाउँछन । किन उभिन्छन्,प्रहरीको आँखा छलेर घण्टौसम्म । यो सबै थाहा छ जो कोहीलाई । यौन प्यासले आकुल व्याकुल भएका उनीहलाई तिर्खा मेटाउने हाम्रो कुनै क्षेत्र छैन । त्यसैले मैले त भन्छु–‘किन ठमेल÷रत्नपार्कलाई रेडलाइट यरिया तोकिँदैन । आखिर दिनहँु लाखौको कारोबार हुन्छ केवल यौन प्यास मेट्न । आखिर सबै त्यही खोज्दै हिँड्छन् र सबैलाई त्यही चाहिन्छ । अनि किन लुकीछिपी ।’
कोही राजनीति गरेर देश बनाउने भ्रष्ट नेता, ठुला व्यापारी,कोही पत्रिकामा लेख्नेहरु समेत यौनप्यास मेटाउन यहाँ आउँछन् । तर, आफूलाई लुकाउन खोज्छन् तर पछि उनीहरूको बारेमा थाहा पाइन्छ ,उसले के गर्दाेरहेछ भनेर । पुलिस त झन् चोर नै भइहाल्यो । यौन प्यास मेटाउनका लागि जो सुकै महिला होउन्,पाए सितैमा होटेलमा लिएर जाने र उल्टो पैसा पनि खाइदिने । यतिसम्मका हुन्छन्, देशदका ती पहरेदारहरु । उनीहरूलाई आफ्ना छोरीहरू कोसँग हिड्छन् त्यो मतलब हुँदैन । तर, हाम्रो पिछा गरेर विजनेस खत्तम पारिदिन्छन् । यसरी यौनप्यास मेटाउन आवश्यक पर्ने क्षेत्रलाई उनीहरूले किन ‘रेडलाइट एरिया’ घोषणा गर्दैनन् ? र, कुरा उठाउन मान्दैनन् । यो रत्न पार्क हजारौँ मान्छेले कुल्ची हिड्छन् , तर रत्नपार्क हजारौलाई यौनप्यास मेटाउछ ।
सबैलाई लाग्छ, हामी यो देशको नागरिक र कुनै परिवारको सदस्य पनि होइनौँ । हाम्रो आफ्नो परिचय छैन । हामीसँग कुनै बुद्धि र क्षमता छैन । र,जागिर पाउँदैनाँै । र, कसैले दिन पनि सक्दैन । तर, यहाँ आउँनेहरु कम शिक्षित छैनन् । आफ्नो अध्ययन अब्बल हुँदा हुँदै घर परिवार र समाजबाट तिरस्कृत भई बीचैमा पढाइ छाडेर आएका छन् । अहिले यहाँ उनीहरूले हरेक रात ४÷५ जनालाई यौन सुख नदिई हात मुख जोर्न धौँ धौँ पर्छ । त्यसैमध्येकी म पनि एक महिला हुँ । ३२ वर्ष पार गरिसके अब कसैगरि पनि यो पेसालाई चटक्कै छाडेर अन्त जान सक्दिन । सास रहुन्जेल यो पेसाबाट उन्मुक्ति पाउने छैन । -(जेली )नाम परिवर्तन
जन आस्थाबाट
“