अदालतको अनौठो आदेश : पूर्व प्रेमिकाको प्रशंसामा १ सय ४४ शब्द लेख्नुपर्ने

अमेरिकाको एउटा अदालतले एक युवालाई पूर्व प्रेमिकाको प्रशंसामा १ सय ४४ शब्द लेख्न आदेश दिएको छ ।
हवाईस्थित होनोलुलुका ३० वर्षीय युवक डारेन यंगलाई प्रेमिकालाई सताएको र अदालतको अवहेलना गरेको भन्दै यस्तो आदेश दिइएको हो ।

पूर्व प्रेमिकाको प्रशंसामा एक सय ४४ पटक केही शब्द लेख्न डारेनलाई आदेश दिइयो । अझ रोचक त के भने त्यस्तो प्रशंसा हरेक पटक अलग–अलग होस् ।

गत फेब्रुअरीमा अदालतले आफ्नी प्रेमिकालाई कुनै पनि साधनले सम्पर्कको प्रयास नगर्न अदालतले आदेश दिएको थियो । डारेनले यसलाई गम्भीरतापूर्वक लिएनन् र दुई महिना पनि अदालतको आदेशको पालना गर्न सकेनन् । एकदिन त तीन घन्टाको समयभित्र नैै उनले १ सय ४४ पटक फोन कल तथा मेसेज पठाए ।

आफूलाई फोन र मेसेज गरेर दिक्क पारेपछि डारेनकी पूर्व प्रेमिकाले डारेनविरुद्ध मुद्दा हालिन्, अदालतको अवहेलनामा । अदालतको आदेशको गम्भीर उल्लंघन गर्दै पूर्व प्रेमिकालाई पटक–पटक सम्पर्क गर्ने प्रयास गरेको मुद्दा परेपछि अदालतले पनि डारेनलाई सबक सिकाउने निधो गर्यो । अदालतको अवहेलनामा डारेनलाई १५७ दिनको जेल तथा २४ सय डलर जरिवाना तिराउने सजाय सुनाइयो ।
एजेन्सी

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *