सर्ट फिल्म ‘बुट्टे जामा’ उत्कृष्ट, पायो १ लाख नगद

कात्तिक १९, काठमाडौं । हाइलाइट्स नेपाल र अस्कर इन्टरनेसनल कलेजको संयुक्त आयोजना रहेको पहिलो सर्ट फिल्म प्रतिस्पर्धामा कला संग्रौला निर्देशित ‘बुट्टे जामा’ पहिलो बन्न सफल भएको छ । फिल्मले पुरस्कार स्वरुप १ लाख नगद प्राप्त गरेको छ ।

अस्कर इन्टरनेसनल कलेजमा आयोजित कार्यक्रममा विजयी फिल्मको नाम घोषणा गरिएको हो । नविन सुब्बा, सुवर्ण थापा र मनोजबाबु पन्त सम्मिलित जुरीले उत्कृष्ट फिल्मको छनोट गरेको हो ।

अन्तिम प्रतिस्पर्धामा रहेका दस फिल्ममध्येबाट ‘बुट्टे जामा’ उत्कृष्ट बन्न सफल भएको हो । दोस्रो हुने ‘कल्ली’ले ६० हजार नगद प्राप्त गर्याे । नेवारी समुदायको पृष्ठभूमिमा आधारित फिल्मले बाँझोपनको आरोप खेप्दै आएकी महिलाले त्यसबाट मुक्त हुन लिएको क्रान्तिकारी कदमलाई विषय बनाएको छ । सुनिल पाण्डे निर्देशित ‘अनन्त यात्रा’ सर्ट लिस्टेड १० फिल्ममध्येबाट उत्कृष्ट तीन भित्र पर्न सफल रह्यो। फिल्मले ४० हजार नगद प्राप्त गर्याे ।

नारी मनोविज्ञानलाई प्रस्तुत गरेको ‘काफल पाक्यो’ जुरीको नजरमा उत्कृष्ट ठहरियो । फिल्मले ‘स्पेशल मेन्सन अवार्ड’ प्राप्त र्गयो । निरञ्जनराज भेटवाल निर्देशित फिल्मले श्रीमानको प्रतिक्षामा रहेकी महिलाको मनोदशालाई काफल पाक्यो चरामार्फत् अभिव्यक्त गरेको छ ।

नाद, म भोलि जन्मनेछु, रुवा, फुक्पा, खाना खाम्न र मेमे उत्कृष्ट दसभित्र अटाएका फिल्म थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *