‘मेगा अष्ट्रेलिया एजुकेशन फेयर’ हुँदै

कार्तिक २०, काठमाडौँ । आगामी नोबेम्बर १० र ११ (कार्तिक २४ र २५ ) गरी दुई दिने ‘मेगा अष्ट्रेलियन एजुकेशन फेयर’ मेला हुने भएको छ ।

आयोजक वान अप प्रा.लि.ले अस्ट्रेलियामा अध्ययन गर्न जान चाहने विद्यार्थीहरूका लागि मेलाको आयोजना गरेको हो ।

राजधानीको दरबारमार्गस्थित अन्नपूर्ण होटेलमा आयोजना हुने उक्त मेलामा विद्यार्थीहरूले निःशुल्क प्रवेशसँगै अध्ययनबारे परामर्श लिन सक्नेछन् । मेलामा नेपालका उत्कृष्ट २५ भन्दा बढी शैक्षिक सङ्घ संस्थाहरूले विद्यार्थीहरूलाई शैक्षिक परामर्श दिनेछन् । भने अष्ट्रेलियाका मान्यता प्राप्त विश्वविधालयका दक्ष परामर्श दाताहरूले विद्यार्थीहरूलार्इ अष्ट्रेलियाकाे परिवेश सहित शैक्षिक परामर्श दिनेछन् ।

पछिल्लो समय उच्च शिक्षा अध्ययन हासिल गर्न विद्यार्थीहरुमा बाहिर अध्ययन गर्न जान चाहनेको सङ्ख्या बढेको छ । तर, विद्यार्थीले आफू अनुकूल विषय र कलेज छनौट गर्न नसक्दा अन्योलता देखिँदै आएको छ । यिनै विद्यार्थीहरूको समस्यालाई निराकरण गर्न वान अप प्रा.लि.ले उक्त मेलाको आयोजना गरेको हो ।

यसअघि पनि आफूहरूले पटक पटक मेला आयोजना गरेर विद्यार्थीहरूलाई शैक्षिक परामर्श दिँदै आएको बताउँदै आयोजक तथा वान अप प्रा.लि.का अध्यक्ष रवि झाले भने,‘यो मेला विद्यार्थीहरुका लागि फेरि अर्काे मौका हो । विद्यार्थीहरूले आफूले अध्ययन गर्न चाहेको कलेज तथा विश्वविद्यालय, विषय र समग्र त्यहाँका वातावरणबारे बुझ्ने मौका पाउने छन् । मेलामा विद्यार्थीका अभिभावक पनि उपस्थित भए अझ विश्वसनीयता बढ्नेछ ।’

कार्यक्रममा विद्यार्थीहरूलाइ अस्ट्रेलियाको शिक्षा, शिक्षा पद्धति, पाठ्यक्रमको बारेमा परामर्श दिइनेछ । त्यस्तै, विद्यार्थीको भिजा प्रक्रिया र छात्रवृत्तिसँगै रोजगारीका अवसरका बारेमा पनि परामर्श दिने अध्यक्ष झाले बताए ।

दरवारमार्गस्थित अन्नपूर्ण होटेलमा आगामी नोबेम्बर १० र ११ मा आयोजना गर्न लागिएको उक्त मेलामा बिहान १० देखि ५ बजेसम्म विद्यार्थीहरूले अध्ययनबारे परामर्श लिन सक्नेछन् । विद्यार्थीहरूले आफूले अध्ययनसँगै नबुझेका सम्पूर्ण बारेमा जानकारी लिन सक्नेछन् भने अवलोकनमा उपस्थित प्रथम एक हजार विद्यार्थीहरूलार्इ आकर्षक उपहारको समेत व्यवस्था गरिएको आयोजकले बताएकाे छ ।

उक्त मेलामा QUEENSFORD COLLEGE ले Presents काे भुमिका निर्वाह गरेको छ,  भने In Association with : Grace International Educational and Migration रहेकाे छ । यस्तै गरी  Main Sponsers हरूमा: Education Park, Mercy Education, E-planet Education, Kangaroo Education Foundation, Aus Studies Pvt. Ltd, Education Asia, Nepcomes Service, SKY Education Consultancy, Boomerang International Educational Services रहेका छन् । त्यस्तै, Sponers हरूमा : Dynamic Education, Eminent Education Institute, Pathfinder International Education, Mate’s Education Pvt. Ltd, The Next Education Consultancy Pvt. Ltd, Kathmandu Infosys, Oli & Associates, Dolphin Education, Bradford Education, Raffles Educare, Nobel Education Foundation, NEC Nepal Educational Consultancy, VIC Nepal  छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *