वाम गठबन्धनले अन्तरराष्ट्रिय जगत आतंकित : प्रचण्ड

कात्तिक २०, चितवन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वाम गठबन्धनले अन्तर्राष्ट्रिय जगतमा तरंगसँगै आतंक फैलिएको बताएका छन्।

चितवनको कुष्णपुरमा ओयोजित वाम गठबन्धनको निर्वाचन परिचालन कमिटी बैठकलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले गठबन्धन बनेपछि विपक्षीको दिमाग समेत ठेगानमा नआएको बताए ।

‘वाम गठबन्धनले अन्तर्राष्ट्रिय तरंग र विपक्षीको दिमाग अहिलेसम्म ठेगानमा आएको छैन, यो वाम गठबन्धनका लागि एभरेज भन्दा बाहिर गएर ड्याङ्ग हस्ताक्षर गरिदिएपछि राष्ट्रिय अन्तर्राष्ट्रिय रुपमा तरंग ल्याईदिएको हो।’
उनले भने,‘अब कम्युनिष्टहरु एक भए, राम्रो काम गरेनौँ भने जनताले हामीलाई पनि टेर्दैनन्, राम्रो काम गर्न प्रेरित गर्नु भनेको त कांग्रेस पनि सच्चिनु हो।’

प्रचण्डले काग्रेसलाई बिपी, गणेशमान र गिरिजावावुको आदर्शलाई आत्मसाथ गरेर अगाडि बढ्न पनि आग्रह गरे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *