आन्द्रेले लिए फुटबलबाट सन्यास
“
कात्तिक २१, काठमाडौं । इटलीका चर्चिच फुटवल खेलाडी आन्द्रे पिर्लोले खेल जीवनबाट सन्यास लिएको घोषणा गरेका छन् । ३८ वर्षीय पिर्लोले इटलीका लागि ११६ क्याप जितेका छन् भने सन् २००६ को विश्वकप जित्दा उनी टोलीका महत्वपूर्ण सदस्य थिए । पिर्लाेले न्यूयोर्क सिटीका लागि यस सिजनको आफ्नो अन्तिम खेलपछि फुटबलबाट सन्यासको घोषणा गरेका हुन् ।
इटलीयन क्लव ब्रेशियाबाट करिअर सुरु गरेका पिर्लोले इन्टर मिलान, एसी मिलान र युभेन्टस हुँदै दुई वर्ष पहिले मेजर सकर लिगको न्युयोर्क सिटीमा अनुबन्धित भएका थिए । उनले भनेका छन् कि मेरो यात्रा न्युयोर्क सिटीका लागि मात्र सकिएको होइन, फुटबलबाटै बिश्राम लिने यो उपयुक्त समय हो ।
ट्वीटरमा पोष्ट गरिएको बिज्ञप्तिमा लेखिएको छ कि ‘मलाई खेल्ने अवसर दिने सबै क्लवलाई धन्यबाल दिन चाहन्छु र हरेक टिममेट जोसँग मैले खेल्न पाएँ उनीहरुप्रति कृतज्ञ छु ।’
पूर्व क्लव युभेन्टसले उनलाई एक ‘सच्चा प्रतिभा’को रुपमा बर्णन गरेको छ ।
“