नारायणगढ-मुग्लिन सडक दैनिक चारपटक बन्द हुने
“
कात्तिक २६, चितवन । नारायणगढ-मुग्लिन सडक एकतर्फि रुपमा सञ्चालनमा आएको छ । तर, विभिन्न समयमा सडकमा यातायात रोकिने भएको छ ।
चितवनका ट्राफिक प्रहरी प्रमुख तथा प्रहरी निरीक्षक सन्तोष पन्तका अनुसार एक हप्तासम्म बिहान ७ बजेदेखि ८ः३० बजे, ११ बजेदेखि १२ बजे, १ बजेदेखि २ बजे र ३ बजेदेखि ४ बजेसम्म सडक रोकेर भित्तो काट्ने काम गर्न लागिएको हो ।
नारायणगढ–मुुग्लिन सडक खण्डको स्तरोन्तिको कामलाई तीव्रता दिन नारायणगढ–मुग्लिन सडक खण्ड निर्माण आयोजनाले विभिन्न समयमा आवागमन रोक्न लागेको जनाएको छ ।
नारायणगढ(मुग्लिन सडकको १६, २२ र ३३ किलो क्षेत्रमा करिब ७ सय मिटरमा भित्तो काट्ने काम बाँकी छ । यहाँको झन्डै १० किमि क्षेत्रमा भने पहिलो तहको कालोपत्र सकिएको छ । सो सडकको अहिलेसम्म ५८ प्रतिशत मात्रै काम सम्पन्न भएको छ । स्तरोन्तिको काम जारी रहेकाले यो सडकको सवारी आवागमन प्रभावित हुँदै आइरहेको छ ।
“