चारपटककाे विश्व विजेता इटाली विश्वकपमा नछानिएपछि मैदानमै राेए बुफाेन
“
एजेन्सी । फिफा विश्वकप फुटबल प्रतियोगिता २०१८ का लागि चार पटककाे विश्व विजेता इटाली छनाैट हुन सकेन । स्विडेनसँग पराजित भएर विश्वकपमा नछानिएपछि इटालीका कप्तान तथा गोलकिपर जियानलुइजी बुफोन मैदानमै राेएका छन् । त्यसो त बुफोनका लागि यो खेल देशका लागि अन्तिम थियो । बुफोनले प्ले अफको अन्तिम खेलबाट संन्यास लिने घोषणा गरेका थिए ।
३९ वर्षीय बुफोनले १९९७ मा राष्ट्रिय टिममा डेब्यु गरेका थिए । त्यसता उनले देशका लागि १ सय ७५ खेल खेले । २० वर्ष राष्ट्रिय टिमबाट खेलेका बुफोनले सन् २००६ मा इटालीलाई विश्वकप जिताउँन प्रभावशाली भूमिका निर्वाह गरेका थिए ।
अन्तिम खेल खेल्दा इटाली विश्वकपमा छनोट हुन नसकेकोमा दु:ख लागेको बुफोनले प्रतिक्रिया दिए । उनले विश्वकपमा छनोट हुन नसकेपछि इटाली विश्वकपकै बलियो टिम भएको तथा भविष्यमा सफलता हात पार्ने विश्वास व्यक्त गरे ।
सन् १९३० मा उरुग्वेमा आयोजन भएको पहिलो संस्करणमा सहभागी इटाली विश्वपमा छनोट नभएको ६० वर्षपछि पहिलो पटक हो । इटाली पछिल्लो पटक सन् १९५८ मा छनोट हुन असफल भएको थियो । इटालीले सन् १९३४, १९३८, १९८२ र २००६ मा विश्वकप फुटबलको उपाधि जितेको थियो ।
“