उम्मेदवारलाई सुरक्षा दिन सुरक्षा अधिकारीलाई प्रधानमन्त्रीको निर्देशन

कैलाली, कात्तिक २९ । प्रधानमन्त्री शेरबहादुर देउवाले उम्मेदवारको सुरक्षामा ध्यान दिन सुरक्षा निकायका अधिकारीहरूलाई निर्देशन दिनुभएको छ । प्रदेश ७ स्तरीय क्षेत्रीय सुरक्षा गोष्ठीको उद्घघाटन कार्यक्रममा बोल्दै प्रधानमन्त्री देउवाले उम्मेदवारले असुरक्षित महसुस गरेको खण्डमा सुरक्षा उपलब्ध गराउन समेत देउवाले निर्देशन दिनु भएको हो ।

पछिल्ला केही दिनहरुमा प्रदेश र प्रतिनिधिसभा सदस्यका उम्मेदवारहरुमाथि सुरक्षा थ्रेट बढेको भन्दै प्रधानमन्त्री देउवाले उम्मेदवारको सुरक्षामा कुनै कसर बाँकी नराख्न सुरक्षा निकायलाई निर्देशन दिनु भएको छ ।

यसैबीच प्रधानमन्त्री देउवाले आसन्न निर्बाचन लोकतान्त्रिक गणतन्त्र पक्षधर र निरंकुश अधिनायक बादबीचको लडाई भएको बताउनुभएको छ । आज कैलालीको लम्कीमा आयोजित एक कार्यक्रममा उहाँले यस्तो बताउनुभएको हो । प्रधानमन्त्री देउवाले नेपालमा कम्युनिष्टहरुको गठबन्धनले एकदलिय शासन लाद्न खोजेको आरोप लगाउनु भयो ।

अहिले देश महत्वपुर्ण मोडमा उभिएको बताउदै देउवाले यो निर्बाचनले देशलाई कता लैजाने भन्ने निर्णय गर्ने भएकाले जनता चनाखो हुनु पर्नेमा जोड दिनु भएको थियो । प्रधानमन्त्री देउवाले सुदुरपश्चिमको विकासको लागी आफु सधै लागी परेको र सुदुरपश्चिमका जनताका हरेक समस्याको आफु विज्ञ रहेको पनि बताउनुभयो । देउवाले कैलाली जिल्लाको महेन्द्र राजमार्गका २२ वटा पुल आफु सरकारमा रहेका बेला बनाएको दावि गर्नुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *