जसले २ लाख २५ हजार महिलालार्इ स्वाबलम्बी बन्न प्रेरित गर्दैछ
“महिलाहरूलाई आर्थिक रूपमा सबल बनाएर उनीहरूलाई राजनीतिक, सामाजिक, शैक्षिक क्षेत्रमा अगाडी बढाउन क्रियाशील संस्थाको नाम हो ग्रामीण महिला उत्सुकता विकास मञ्च अर्थात् ‘फरवार्ड नेपाल’
सुनसरीको दुहवी भलुवा नगरपालिकामा अवस्थित फरवार्ड नेपाल २०५१ सालमा स्थापना भएको हो । स्थानीय स्तरमा छरिएर रहेका सानासाना पुँजीलाई एकत्रित गर्दै समूह मार्फत लगानी गरी महिलाहरूलाई आत्मनिर्भर गराउनु यो संस्थाको मुख्य उद्देश्य रहेको छ ।
मधेसका महिलालाई सामाजिक, राजनीतिक र आर्थिक रूपमा बलियो बनाए उनीहरू अघि बढ्न सक्छन् भन्ने अठोटका साथ २०५१ सालमा सुरु भएर ०५२ सालमा विधिवत दर्ता भई ग्रामीण महिला उत्सुकता विकास मञ्च (फरवार्ड नेपाल) नामक सेवामुलक संस्था स्थापना गरिएको हो ।
यो संस्थाले समाजमा छरिएर रहेका सानासाना पुँजीलाई एकत्रित गरी समुदायमै लगानी गर्ने योजना ल्यायो । जसले तराई मधेसका कमजोर आर्थिक अवस्था भएका, सामाजिक, सांस्कृतिक र आर्थिक रूपमा पछाडि परेका महिलालाई सङ्गठित गर्दै उनीहरूको जिवनस्तर उकास्न ठुलो टेवा दिएको छ ।
फरवार्ड नेपालले तराई मधेसका महिलाहरूलाई विभिन्न सीपमुलक तालिमहरु प्रदान गर्दै उनीहरूलाई उद्यमशिल बनाउँछ भने, फरवार्ड माइक्रोफाइनान्स लि.ले यस्ता महिलाहरूलाई आर्थिक आय आर्जनका लागि सामूहिक जमानीमा लगानी गर्दछ । अहिले संस्थामा सङ्गठित रूपमा दुई लाख १५ हजार महिलाहरूको सहभागिता रहेको छ ।
फरवार्ड नेपालमा आएपछि यो क्षेत्रका अधिकांश महिलाहरूको जिवनस्तर सुध्रिएको छ । श्रीमानको मात्र कमाइले घरखर्च धान्न र छोराछोरी समेत पढाउन नसक्ने अवस्थामा पुगेका महिलाहरू अहिले मासिक ५० हजारसम्म आम्दानी मात्र गर्दैनन्, घर व्यवहारमा पुरुषसंगै हातेमालो गर्दै अघि बढ्न थालेका छन् ।
फरवार्ड नेपाल माईक्रो फाइनान्सले ग्रामीण महिलाहरुमा आर्थिक संवृद्धिका लागि बचत गर्नुपर्छ भन्ने चेतना प्रवाह नै गर्यो । दैनिक रूपमा बचत गर्ने र समूहमा काम गर्ने भावना विकास गरेसँगै फरवार्डले उनीहरूकै पुँजी सामूहिक जमानीमा उनीहरूको सिप क्षमता र चाहना अनुसार लगानी गरिदियो । यसरी समाजमा छरिएर रहेको साना पुँजीलाई एकत्रित गरेर लगानी गर्दा महिलाहरूको आर्थिक अवस्थामा सुधार आउँदै गयो भने, परिवारमा पनि महिलाहरू प्रति पुरुषले हेर्ने दृष्टिकोण नै परिवर्तन ल्याएको छ ।
फरवार्डले महिलाहरूको सिप र क्षमता अधिबृद्धि गरी लगानी गर्दछ । यसका लागि उनीहरूलाई विभिन्न सिपमुलक व्यवसायका लागि तालिम दिने, बजारको संभाब्यता खोज्ने सम्मका काम गर्ने गर्दछ । हाल संस्थामा २१ हजार महिला सङ्गठित रूपमा छन् भने, देशभरका तीन दर्जन शाखामा दुई लाख २५ हजार बढी महिला आबद्ध छन् ।
यो संस्थाले महिलाहरूलाई आर्थिक उपार्जनका लागि ऋण प्रवाह मात्र गर्दैन, सामाजिक दायित्व अन्तरगत महिलाहरूलाई स्वास्थ्य, शिक्षा र वातावरणीय सचेतना समेत दिन्छ । संस्थाले महिलाहरूको क्षमता अभिबृद्धि गर्न विभिन्न सिपमुलक तालिम दिन्छ । यसरी संस्थाबाटै ऋण दिने, संस्थाबाटै स्वरोजगार हुने र संस्थाबाटै सिपमुलक तालिम पाएपछि यहाँका धेरै महिलाहरू अहिले समाजमा खुलेर कुरा गर्न सक्ने भएका छन् ।
नेकपा एमालेकी केन्द्रीय सदस्य समेत रहेकी नेतृ चौधरीको विचारमा तराई मधेसका महिलाहरू कमजोर हुनुमा आर्थिक, सामाजिक र राजनीतिक अवस्था दोषी छ । तराई मधेसका तल्लो समुदायका महिलाहरुमा आर्थिक अधिकार छैन । घरको हरेक निर्णय गर्ने अधिकार पुरुषमा निहित छ । आम्दानीको स्रोत नहुँदा पुरुषसँग आश्रित हुनुपर्ने बाध्यता भएकोले पनि महिलाहरू घरबाहिर आउन नसकेका हुन् । अहिले तराई मधेसमा धेरै परिवर्तन आएका छन् । फरवार्डले महिलालाई सङ्गठित गरेसँगै उनीहरूमा सामाजिक, आर्थिक र राजनीतिक चेतना अभिबृद्धि भएको छ ।
समाज विकासको सिद्धान्तले स्वरोजगार र सिपलाई प्राथमिकता दिन्छ । यही सिद्धान्त अनुरूप स्थानीय क्षेत्रमा भएका सिप र क्षमतालाई ब्यवसायीकरण गर्दै समाज र राष्ट्र उत्थानको मूल उद्देश्य लिएको फरवार्ड नेपालले आर्थिक, सामाजिक तहमा गरेको योगदान अनुकरणीय छ ।
हेर्नुहाेस् (भिडियाे)
https://youtu.be/dqz-2loV968″