सत्ता नछोड्ने मुगाबेको घोषणा, जिम्बाबेमा राजनीतिक संकट लम्बिने संकेत

मङ्सिर ४, काठमाडौँ । जिम्बाबेमा राष्ट्रपति रोबर्ट मुगाबेले आफू अझै सत्तामा रहिरहने बताउनुभएको छ । देशको नाममा सम्बोधन गर्दै राष्ट्रपति मुगाबेले आफू आउँदो महिना हुने सत्तरुढ पार्टीको बैठकमा भाग लिने र त्यसको नेतृत्व गर्ने बताउनुभएको हो ।

उहाँले सम्बोधनको क्रममा राजीनामाका विषयमा केही पनि बताउनुभएन । सत्तारुढ पार्टी जानु–पिएफले यसअघि मुगाबेलाई पार्टीको नेताबाट बर्खास्त गरेको थियो । जानु–फिएफ पार्टीले भने उहाँलाई पार्टीको नेताबाट बर्खास्त गर्दै राष्ट्रपतिबाट राजीनामा दिन २४ घण्टाको अल्टिमेटम दिएको थियो । यो अवधिमा राजीनामा नदिए महाअभियोग लगाउने चेतावनी पनि दिइएको छ ।

तर मुगाबेले टेलिभिजन सम्बोधनको क्रममा आफू पार्टीको बैठकमा भाग लिने र त्यसको नेतृत्व गर्ने बताएपछि समस्या झन जटिल बन्ने देखिएको छ । टेलिभिजन सम्बोधनको क्रममा राजीनाका सम्बन्धमा केही नबोलेका मुगाबेले एकअर्कासँग कटुता नराख्न नहुने बताउनुभएको छ ।

लामो समयदेखि सत्ता रहँदै आउनुभएका मुगावेको शक्ति गएको बुधबार सेनाले हस्तक्षेप गरेपछि भने कमजोर भएको छ । मुगाबेपछि सत्ताको बागडोर कसले सम्हाल्ने भन्ने विषयमा विवाद चर्किँदै गएका बेला सेनाले हस्तक्षेप गरेको थियो ।

मुगाबे आफ्नी श्रीमती ग्रेस मुगाबेलाई आफूपछिको उत्तराधिकारीको रुपमा अघि ल्याउने प्रयासमा लागेपछि सत्तारुढ पार्टीमा विवाद बढेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *