यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायका ब्यक्तिप्रति विभेद कायमै

धरान, माघ ६ । यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायका ब्यक्तिहरुप्रति समाजमा अझैपनि लाञ्छाना र विभेद कायमै छ । पहिचानका सवालमा परिवार तथा समाजमा विभेदको जालो जकडिएको देखिन्छ ।

सम्मान पुर्वक बाच्ने अधिकारलाई राज्यले नै कुण्ठित पारेको यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायका ब्यक्तिहरु गुनासो गर्छन् ।

ब्लु डाईमन्ड सोसाईटी सुनुसरी धरानको आयोजना तथा एल जी बि टी आई को प्रबिधिक सहयोगमा आयोजना गरिएको यौनिक तथा लैङ्गिक अल्पसंख्यक सम्वन्धि अन्र्त्क्रिया कार्यक्रममा सहभागि समलिङ्गि तथा तेस्रो लिङ्गीहरुले आफनो समुदायका लागि उचित कानुनको ब्यवस्था नहुँदा विभिन्न खाले झण्झट सहनु परेको गुनासो गरेका छन् ।

कार्यक्रममा निलहिरा समाज ईटहरीका मानव अधिकार संयोजक सुमन तामाङले तेस्रो लिङ्गी तथा समलिङ्गी प्रति समाजमा गरिने व्यवहार विभेदपुर्ण भएको विचार राख्दै अरु मानव सरह तेस्रो लिङ्गी तथा समलिङ्गीहरुलाई रोजगार, आरक्षण, शिक्षा, स्वास्थ्य तथा सामाजिक सुरक्षाको ग्यारेन्टी गरिनु पर्ने बताए ।

धरान ९ स्थित होटल रत्न ईनमा भएको कार्यक्रममा पत्रकार तथा लैङिक तथा यौनिक, समलिङीका क्षेत्रमा काम गर्दे आएका एल जी बि टी आई परियोजना प्रमुख रमेश वाग्लेले विकासका नाममा मानव सेवा सुविधा जोडिएपनि मान्छेलाई समाजमा मान्छेको रुपमा अहिलेपनि स्वीकार गर्न नसकेको बताए ।

उनले यौनिकता तथा समलिङहरुको अधिकारका निम्ती पनि राजयले नीति तथा कार्यक्रम ल्याउन आवश्यक भएको बताए । उनले त्यसका लागी भुमिका खेलिदिन पत्रकारहरुसँग आग्रह समेत गरे ।
उनले जन्मदै आमा बुवाबाट बिभेद सहदै आएका तीनीहरुका लागी सरकारले नागरिकता, बिबाह दर्ता र सन्तान प्राप्तीको लक्ष्य प्रति पनि सचेत रुपमा कानुन बनाउन आबश्यक रहेको बताए ।

नेपालभरी कुल जनसंख्याका करिब ८ देखी १० प्रतिशत यौेनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायका ब्यक्ति रहेको बाग्लेले जानकारी दिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *