निर्वाचन सहायक कर्मचारीमाथि आक्रमण

मङ्सिर ७, बाजुरा । बाजुरामा प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका लागि खटिएका सहायक निर्वाचन कर्मचारीमाथि एक अज्ञात समूहले आक्रमण गरी घाइते बनाएको छ ।

बाजुराको बूढीनन्दा नगरपालिका–५ मा रहेको नन्देश्वरी माविको मतदान केन्द्रमा सहायक निर्वाचन कर्मचारीका खटिएका सिराहा जिल्ला सिराहा महानगरपालिका–१९ का ४५ वर्षीया विन्देश्वरीप्रसाद यादवमाथि आक्रमण भएको बताइएको छ ।

सदरमुकाम मार्तडीबाट बूढीनन्दा नगरपालिकाको नन्देश्वरी माविमा रहेको मतदान केन्द्रमा जाँदै गरेको अवस्थामा बडीमालिका नगरपालिका–७ मा रहेको पोरखे लेकमा अज्ञात समूहले आक्रमण गरेको यादवले बताए । सिराहा जिल्ला घर भई हाल हिमाली गाउँपालिकाको विच्छ्या माविका विज्ञान विषयमा अध्यापन गराउँदै आएका यादव बुधवार पोरखे लेकमा एक्लै भएको बेला अज्ञात समूहले आक्रमण गरेको घाइते भएपछि मतदान केन्द्रमा नपुगी जिल्ला फर्किएका छन् ।

घाइते यादवले आफूसँग भएको १३ हजार नगदसमेत लुटिएको भन्दै प्रहरीमा उजुरी दिएका छन् । आक्रमणपछि घाइते यादवको जिल्ला स्वास्थ्य कार्यालय बाजुरामा उपचार भइरहेको छ । यादवको ढाड, खुट्टा र टाउकोमा चोट लागेको छ । यता जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी नायब उपरीक्षक हरिबहादुर बलिले सहायक मतदान अधिकृतमाथि आक्रमण गर्नेको खोजी कार्य भइरहेको जानकारी दिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *