जाडो याममा यदि तपाईंको पनि ओठ फुटेको छ भने यसो गर्नुस्
मकालु खबर
२०७४ जेठ १५ गते
“
काठमाडौं, मंसिर ८ । जाडो याममा ओठ फुट्ने समस्याले सताउने गर्छ । यदि तपाईंको पनि ओठ फुटेको छ भने गुलाबजलको प्रयोग गर्न सक्नुहुन्छ । एक चम्चा गुलाबजलमा तीन–चार थोपा ग्लिसिरिन मिलाएर ओठमा नियमित दल्यो भने ओठ फुट्ने समस्याबाट मुक्त हुन सकिन्छ । गुलाबजल बजारमा सहजै उपलब्ध हुन्छ ।
-ओठ फुट्ने समस्याबाट बच्नका लागि घिउ पनि प्रयोग गर्न सकिन्छ । थोरै घिउ लिएर फुटेको ओठमा नियमित मालिस गरेमा निको हुन्छ ।
-धेरैलाई थाहा नहुन सक्छ, सस्र्युंको तेलले पनि फुटेको ओठलाई निको पार्छ या ओठ फुट्न दिँदैन । बिहान–बिहान सस्र्युंको तीन–चार थोपा तेलले नाडी मालिस गरेमा त्यसको सीधा असर ओठमा देखिन्छ र ओठ फुट्ने समस्याबाट छुटकारा पाउन सकिन्छ ।
“
मकालु खबर
२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित