चुनावी सभामा ठूलालार्इ चैन र सानालार्इ एेन
“
मङ्सिर ८, पाेखरा । गत मङ्गलवार विवेकशील साझा पार्टीलाई चुनावी सभा आयोजना गर्न निषेध गरिएकाे क्षेत्रमा सत्तासीन राप्रपाले बिहीबार चुनावी सभा सम्पन्न गरेकाे छ । स्थानीय व्यापारीहरूले ठूलाे सभा गर्दा हाे हल्ला एवम् सवारी जाम हुने भएकाले सभा अायाेजना गर्न नदिने भनेका थिए । तर, ठुला पार्टीले सभा गर्दा सानालाई मात्र निषेध गरिएकाे देखिन्छ ।
रन्जु दर्शना आउने कार्यक्रममा स्टेज बनाउन नदिएकाे प्रशासन कार्यालयले कमल थापाका लागि सहज वातावरण बनाइ दियाे । विवेकशील साझा पार्टीले कार्यक्रमका लागि सोमबार जिल्ला प्रशासन कार्यालयबाट अनुमति लिएको बताएको छ । तर, मङ्गलवार बिहान प्रहरीले सिडिओको आदेश भन्दै स्टेज हटाईदिएको थियाे । त्यसपछि साझा पाटी नजिकैको रेष्टुरेण्टको प्रेस कन्फरेन्स हलमा कार्यक्रम गर्न बाध्य भएको थियो ।
तर हिजाे स्थानीय व्यवसायीकाे विरोधका बाबजुद राप्रपाले सार्वजनिक कार्यक्रम गर्न नदिने भनिएको ठाउँमा चुनावी सभा आयोजना ग¥यो । विरोधमा स्थानीय व्यवसायीले पसल बन्द नै गरे । स्थानीय चिप्लेढुंगा सिद्धार्थचोक व्यापारिक एशोसियसनको विरोधका बाबजुद हर्न निषेध र माईक राखेर सार्वजनिक कार्यक्रम गर्न प्रतिबन्ध लगाइएको पोखराको चिप्लेढुंगामा राप्रपाले चुनावी सभा आयोजना गरेको हो ।
पोखरा लेखनाथ महानगरपालिकाका प्रमुख मानबहादुर जिसीले कार्यक्रम गर्ने अनुमति आफूले नदिएको बताए । त्यसपछि, व्यवसायीहरुले जिल्ला प्रशासन कार्यालयले दिएको जानकारी पाएपछि प्रमुख जिल्ला अधिकारी तारानाथ अधिकारीको कार्यकक्षमा अगाडि केहिबेर धर्ना दिएका थिए । उपप्रधानमन्त्री समेत रहेका थापाको कार्यक्रम सिडिओले रोक्न नसकेपछि व्यवसायीले पसल नै बन्द गरेका हुन् ।
सडकमा कार्यक्रम नगर्नका पोखराका व्यवसायीहरुले दबाब दिँदै आइरहेका छन् । सडक नै ढाकिने गरी राजनीतिक दल तथा अन्य सङ्घ संस्थाहरूले कार्यक्रम गरिदिँदा व्यवसाय नै चौपट भएकाले व्यवसायीहरु आक्रोशित भएका हुन् । सडकमा बारम्बार कार्यक्रम आयोजना भएपछि त्यसको सांकेतिक विरोध स्वरूप चिप्लेढुंगा सिद्धार्थचोकका व्यवसायी समितिको अगुवाईमा त्यस क्षेत्रका व्यवसायीले बिहीबार केहीबेर व्यवसाय समेत बन्द गरेका थिए ।
“