दर्शन गर्न विन्ध्यबासीनि मन्दिरमा प्रधानमन्त्री देउवा
“
मङ्सिर ८, कास्की । प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा शुक्रवार पोखराको विन्ध्यवासीनि मन्दिरमा दर्शन गरी काठमाडौँ फर्किएका छन् । कालिकोटमा आयोजित चुनावी कार्यक्रमलाई सम्बोधन गरी बिहीबार काठमाडौँ फर्कने क्रममा प्राविधिक समस्या देखिएपछि उनी हेलिकोप्टरबाट पोखरा आर्लीएका थिए ।
हेलिकोप्टरबाट सिधै पोखरा विमानस्थलमा अवतरण गरी बेलुका फिष्टेल लजमा खानपिन गरेर राष्ट्र बैक गेष्ठहाउसमा बसेका देउवा बिहान पोखराको प्रसिद्ध विन्ध्यवासीनी मन्दिरमा पुजाँ आजाको लागि पुगेको थिए । प्रधानमन्त्री देउवाले करिब आधा घण्टा लगाएर विन्ध्यवासीनि र शिवको मन्दिरमा पूजा आरधना गरेका थिए । मन्दिर पुग्दा विन्ध्यवासीनि धार्मिक क्षेत्र विकास समितिका सचिव तिर्थ श्रेष्ठ लगायतले स्वागत गरेका थिए ।
प्रधानमन्त्री देउवाले पोखरामा सुरक्षा निकायका प्रमुखहरुसँग यस क्षेत्रको निर्वाचन सुरक्षा सम्बन्धी जानकारी लिएका थिए । त्यसै गरी उनले सुरक्षा निकायलाई निर्वाचन शान्तिपूर्ण वातावरणमा भयरहित र निश्पक्षरुपमा सम्पन्न गर्नका लागि निर्देशन दिएका थिए ।
“