चुनाव विरोधी गतिविधि नगर्न काँग्रेसको अनुरोध

काठमाडौं, मंसिर ८ । नेपाली काँग्रेसले निर्वाचनको संघारमा आफ्ना कार्यकर्तालाई लक्षीत गरि भौतिक आक्रमण भएको भन्दै त्यस्ता क्रियाकलाप नदोर्होयाउन अनुरोध गरेको छ ।काँग्रेसले आज विज्ञप्ति निकालेर पहिलो चरणको निर्वाचनको संघारमा बाजुरा र धादिङमा काँग्रेसका कार्यकर्ताको हत्या नै गर्ने मनशायले नेकपा एमालेका कार्यकर्ताबाट भौतिक आक्रमण भएको भन्दै निन्दा गरेको छ ।

यस प्रकारका अवांछित क्रियाकलाप पुनःनदोर्होयाउन काँग्रेस चेतावनी दिन चाहन्छ, पार्टी केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलद्धारा जारी विज्ञप्तिमा उल्लेख छ । काँग्रेसले उक्त घटनामा संलग्न व्यक्तिलाई तत्काल खोजी गरी कडा कानूनी कारबाही गर्न र घाइतेको उचित उपचारको प्रबन्ध गर्न सरकारसँग माग गरेको छ ।

 “

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *