यदि तपाईहरु बिच यस्तो भई राखेको छ भने सावधान !
“
एजेन्सी । सम्बन्धमा खटपट कसको हुँदैन र ? कहिले झगडा, कहिले माया त सम्बन्धका आवश्यक तत्त्व नै मानिन्छन् । कहिले काँहीको खटपटले मानिसको सम्बन्ध प्रगाढ बनाउँछ भने दैनिक रूपमा हुने झैँ–झगडाले सम्बन्धको अन्त्य नै गरिदिन्छ । तपाईँको सम्बन्ध कतातिर गइरहेको छ भन्ने कुरा थाहा हुँदा हुँदै पनि कतिपय अवस्थामा यसको परिणाम थाहा नै हुँदैन । त्यस कारण आफ्नो सम्बन्धको अवस्थाको बारेमा जान्नका लागि यहाँ यस्ता तरिकाहरू दिइएका छन् जसले गर्दा तपाईँलाई त्यही अनुरूपको व्यवहार गर्न सजिलो होस् ।
१. थोरै कुराकानी हुनुः जब तपाईँलाई तपाईँको पार्टनरले अफिसबाट फोन गर्न बन्द गर्छ अथवा घर आइसकेपछि पनि तपाईँको प्रश्नको उत्तर मात्र दिन्छ भने सम्झनुहोस् तपाईँको सम्बन्ध टुट्ने क्रममा छ ।
२. तपाईँको लागि समयको कमीः यदि तपाईँको पार्टनरले तपाईँले धेरै पटक फोन गरिसकेपछि मात्र फोन उठाउने गर्दछ र मेसेजको रिप्लाई पनि ढिलो गर्दछ अथवा केही बहाना बनाउने गरेको छ भने यसको अर्थ तपाईँको सम्बन्ध अब धेरै दिन छैन भन्नु हो ।
३. उनीप्रति रुचि हराउनुः यदि तपाईँ आफ्नो पछिल्लो फोटो आफ्नो पार्टनरलाई पठाउनु हुन्न र आफ्नो पार्टनरसँग कुरा गर्न मन लाग्दैन भने यसको बारेमा तपाईँले सोच्न जरुरी छ ।
४. अपरिचित बन्नुः बिस्तारै सम्बन्धमा यति चिसोपन आउँछ कि बिस्तारै तपाईँ आफ्नो पार्टनरसँग आफ्ना कुराहरू लुकाउनु हुनेछ र अपरिचित जस्तो व्यवहार गर्नु हुनेछ । पार्टनरलाई आफ्नो सबै कुरा नभन्नु र पार्टनरसँग उनको सम्बन्ध भएको मात्र कुरा गर्नुहुन्छ भने सम्झनुहोस् तपाईँहरू अब अपरिचित बनी सक्नु भएको छ र सम्बन्ध चाँडै नै छुट्ने प्रक्रियामा छ ।
५. शंकाः वास्तविक सम्बन्ध त्यति बेला सुरु हुन्छ तब त्यसमा कुनै शङ्का हुँदैन । यदि सम्बन्ध टुट्दै छ भने यसमा शङ्का पैदा हुने गर्दछ । जब पार्टनर नजिक हुँदैन तब असुरक्षाको भावना पैदा हुने गर्दछ ।
“