बाम गठबन्धनको नाउँमा राज्यसत्ता कब्जागर्ने खेल, ‘प्रधानमन्त्री देउवा’
“
मङ्सिर १३,पोखरा । प्रधानमन्त्री शेरबहादुर देउवाले कप्युनिष्टहरुले बाम गठबन्धनको नाउँमा राज्यसत्ता कब्जागरी एकतन्त्रीय तानशाही व्यवस्था लागु गर्न खोजेको आरोप लगाएका छन्। पोखराको अमरसिंहचोकमा बुधवार आयोजि चुनावी सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले लोकतन्त्र र कम्युनिस्ट शासनमध्ये कुनै एक रोज्ने अधिकार जनताको हातमा रहेको बताए।
‘यदि बामगठबन्धनको नाममा कम्युनिष्टहरुले बहुमत ल्याए भने एकतन्त्रीय तानशाही व्यवस्था लागु गर्छन्,त्यसमा जनतालाई लेखपढ गर्ने अधिकार हुँदैन, आफ्नो सम्पत्ति माथिको अधिकार समेत हुने छैन’ उनले भने। ‘मुलुकको समृद्धि र विकास चाहने हो भने काँग्रसलाई जिताउनुको विकल्प छैन।’
प्रधानमन्त्री देउवाले कम्युनिस्ट शासन आए बोल्न–लेख्न नपाइने र आफूमाथि अन्याय हुँदा पनि सहेर बस्नुपर्ने अवस्था आउने दोहो¥याए ।
काँग्रेसले मुलुकमा बहुदलीय लोकतन्त्र स्थापना गरेको बताउँदै मुलुकको विकास र समद्धीकोलागि काँग्रेसलाई बहुम सहित जिताउन आग्रह गरे। यदि कम्युनिस्ट गठबन्धनले जितेको अवस्थामा राष्ट्रमा कुनै पनि उद्योग धन्दा, कलकारखाना र अन्य लगानीको वतावरण बन्न नसक्क बताए।
जनतालाई डर–त्रास र आतङ्कमा पिल्सिने शासन नरोज्न आग्रह गर्दै प्रधानमन्त्री देउवाले लोकतन्त्रको रक्षाका लागि काँग्रेसलाई जिताउन सबै लोकतन्त्र पक्षधर एक हुनु पर्नेमा जोड दिए ।
उनले २००७ सालमा तानाशाही राणा शासन हटाएको, पञ्चायती व्यवस्था फालेर प्रतातन्त्र पुनः फर्काएको बताउँदै तत्कालीन राजा ज्ञानेन्द्र शाहले शासन सत्ता हातमा लिएपछि काँग्रेसकै नेतृत्वमा सुरु भएको आन्दोलनले मुलुकमा गणतन्त्र स्थापना गरेको बताए।
त्यसै गरी काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले काँग्रसको अगुवाईमा मुलुकमा राजनैतिक स्थास्व आएको बताउँदै अब, समृद्धि अभियान चलाउने बताए। कम्युनिष्टहरुले संविधानको मसी सुक्न नपाउदै बाम एकता गरेर दुई तिहाई बहुमत ल्याएर कार्यकारी राष्ट्रपति शासन ल्याउने भन्दै मुलुकलाई अस्थिता तर्फ धकेलेको आरोप लगाए। कम्युनिष्टहरुले नेपालमा जातीय साम्प्रदायिकता फैलाउन खोजेको आरोप पौडेलले लगाए।
“