युवतीको शंकास्पद मृत्यु, परिवारका सबै सदस्य घर छाडेर फरार

मंसिर १४, रौतहट । स्थानीय देवाही गोनाही नगरपालिकामा एक युवतीको शंकास्पद मृत्यु भएको छ । देवाही गोनाही नगरपालिका– ७ गोनाही टोलका सुखाडी पाशवानकी १८ वर्षीया अविवाहित छोरी सुरतियाकुमारीको शंकास्पद मृत्युु भएको हो । शव गोप्य तरिकाले गाउँभन्दा पश्चिमतिर गए राति ८ बजे जलाइरहेको सूचनाको आधारमा इलाका प्रहरी कार्यालय गरुडाबाट पुगेको टोलीले नियन्त्रणमा लिएको थियो ।

शरीरको आधाभन्दा बढी भाग जलिसकेको युवतीको शवलाई परीक्षणका लागि जिल्ला अस्पताल गौर पठाइएको इलााका प्रहरी कार्यालय गरुडाका प्रमुुख प्रहरी निरीक्षक गोविन्द थापाले जानकारी दिए । शव प्रहरीले नियन्त्रणमा लिएपछि घरपरिवारका सबै सदस्य घर छाडेर फरार छन् । युवतीको मृत्युको कारण हालसम्म खुुल्न नसकेको र शवको परीक्षण प्रतिवेदन आएपछि मात्र मृत्युुको कारण खुल्ने प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *