चुलो चौका छाडेर १० हजार महिला चुनावी मैदानमा
“
मङ्सिर १५, सुनसरी । सुनसरी क्षेत्र नं. ३ मा बाम गठबन्धनकी उम्मेदवार भगवती चौधरीलाई जिताउन १० हजार भन्दा बढी महिलाहरू चुनावी मैदानमा होमिएका छन् । यस क्षेत्रका अगुवा महिलाहरूले भष्ट्रचारीको पैसा खाएर पुरुषले मत दिए पनि महिलाहरूले अब उनको ३० वर्ष देखीको झुठ र लुटको शासन ढाल्न चुलो चौका र झाडु घरमा छाडेर चुनावी मैदानमा भगवतीलाई जिताउन होमीएको बताएका छन् ।
अगुवा महिलाहरूले यस्तो घोषणा गरेर बिहीबार देखी चुनावी मैदानमा होमिए पछि महिला मतदाताहरुको अभूतपूर्व समर्थन देखिएको छ । आउँदो मङ्सिर २१ गते हुन गइरहेको प्रतिनिधिसभा निर्वाचनमा सुनसरी–३ का धेरै महिला मतदाताहरु नेतृ चौधरीको पक्षमा देखिएका हुन् । दुई दशकदेखि महिलाहरूको सशत्तीकरणमा लाग्नु भएकी चौधरीको सामाजिक काम देखेर यहाँका महिला मतदाता मात्र हैन यस पटक पुरुष मतदाताहरु समेत समर्थनमा निस्किएका छन् । ‘
सिमरियाकी अनुशा चौधरीले हामी अब मैदानमा घरको चुलो चौका छाडेर बाहिर आएका छौ २१ गते मतदान गरी नतिजा घाेषणा भए पछि मात्रै चुलोको काम गर्न घर फर्किने गरी निस्कीएकाले भगवतीको जितमा कुनै शक्तिले रोक्न नसक्ने दाबी गरेकी छिन ।
सतेरझोराकी तारा चौधरीले महिलाहरू जुन सुकै दलमा आबद्ध भए पनि एउटी योग्यता क्षमता र स्पष्ट दृष्टिकोण भएकी सामाजिक रूपमा राजनीति रूपमा सशक्त भूमिका निर्वाह गर्न र महिलाका लागी आवाज बुलन्द गर्न सक्ने महिलालाई जनप्रतिनीधीका रूपमा निर्वाचित गराउन आफूहरू चुनावी मैदानमा कुचो कोदालो घरमा थन्काएर हिडेको बताउछिन ।
भगवती चौधरी महिलाहरुका लागि साच्चिकै भगवती देवीकै अवतार’ भएर आएको भन्दै २१ गते २६ वर्षदेखि निरङ्कुश शासन गर्दै आएकोलार्इ ब्यालेटबाटै समाप्त गर्ने उद्घोष यहाँका महिलाहरूले गरेका छन् । सुनसरीको अमाहीबेल्हा, पचिरा, इटहरीका डुमरटका, दुहवीका धेरै महिला चौधरीको पक्षमा रहेका छन् । भने, सोनापुर छाताबेलीका मुस्लिम समुदायका महिलासमेत यस पटक महिला उम्मेदवारलाई नै जिताउने पक्षमा देखिएका छन् । विगतमा छाता बेलीकै मुस्लिम समुदायलाई आफ्नो गोजीको भोट भन्दै प्रयोग गरेका गच्छदार यस पटक सोही क्षेत्रबाट हजारौँ मुस्लिमहरु बाम गठबन्धनका पक्षमा देखिएका हुन् ।
चुनावी प्रचारप्रसारका क्रममा घरदैलो गर्दै हिड्नु भएकी नेतृ चौधरीले ७० सालमा मलाई यहाँका महिला दिदिबहिनीहरुले जिताएकै हो, अहिले पुनः त्यही घटना हुन्छ की भन्ने तपाईहरुमा आशंका छ, ढुक्क हुनुहोस यो क्षेत्रलाई गच्छदारमुक्त बनाउन लागेकी छु, तपाईँहरूको साथ रहेकाले ३० वर्षसम्म एउटै व्यक्ति शासनसत्तामा रहेर पनि यहाँको विकास हुन नसकेको दाबी गर्दै आफूलाई एक पटक मात्र मौका दिन आग्रह गरिन । उनले गच्छदारले गाउँगाउँमा भोट किन्नका लागि ठेकेदार खटाएको दाबी गर्दै जनतालाई त्यस्ता ठेकेदारबाट जोगिन आग्रह पनि गरिन ।
‘तपाईहरुका घरघरमा टाउकाको मोलतोल गर्न ठेकेदारहरु आउन सक्छन् । तिनीहरूले पैसा, पावर जे पनि देखाउन सक्छन् । हामीलाई खबर गर्नुस् त्यस्ता लठैतलाई ठेगान लगाउन हामीसँग महिलाहरूको हातमा झाडु भएकाले कोही पनि नडराउन आग्रह गरेकी छिन । थारु समुदायका अगुवा महिलाहरूले गच्छदारले यहाँका सोझा साँझा जनता र थारु समुदायको नाम लिएर लामो समयसम्म सत्तामा टिकेको भन्दै अब पुनः त्यही परिदृश्य नआउने ठोकूवा गर्दै थारु समुदायको नाम लिएर राजनीति गर्ने तर, उनीहरूका लागि केही नगर्ने देखिएको छ, अब यहाँका सम्पूर्ण जनता भगवती चौधरीलाई जिताउन लागेको बताएका छन् ।
चुनावी अभियानमा यस पटक पनि यहाँ जनताले परिवर्तनका पक्षमा मतदान नगरे ३० औँ वर्षसम्म यहाँ परिवर्तन हुन नसक्ने भन्दै यस क्षेत्रका वृद्ध महिलाहरू तथा युवाहरू अहोरात्र चुनावी मैदानमा हिडन थालेका छन् ।
“