निर्वाचनको सुरक्षाका लागि सरोकारवाला जिम्मेवार हुनुपर्छ, आयुक्त पौडेल
“
मङ्सिर १६, धनगढी। निर्वाचन आयोगका आयुक्त ईश्वरीप्रसाद पौडेलले निर्वाचनको सुरक्षाका लागि सरोकारवालाले पनि सक्दो सहयोग हुनुपर्ने बताए ।
आज आयोजित सुरक्षा निकाय, राजनीतिक दलका प्रतिनिधि निर्वाचन अधिकृत लगायतको सहभागितामा भएको छलफल कार्यक्रममा आयुक्त पौडेलले आचारसंहिता उल्लंघन गर्नेलाई आयोगले कारबाही गर्ने जानकारी दिए ।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालले निर्वाचनका समयमा गरिएको सुरक्षा व्यवस्थापनका बारेमा प्रकाश पारे।
आयुक्त पौडेलले निर्वाचनको तयारीमा भएको प्रगति, देखिएका चुनौती र समाधानका उपाय, सुरक्षा व्यवस्थापनलगायतका विषयमा जानकारी लिए । दोस्रो चरणको निर्वाचनका लागि कैलाली जिल्लामा कर्मचारी खटनपटनको काम पूरा भएको छ ।
निर्वाचनमा खटिई जाने कर्मचारी मङ्सिर १८ गतेसम्म जिल्लाको सबै मतदानस्थलमा निर्वाचन सामग्रीसहित पुगीसक्ने निर्वाचन कार्यालयका प्रमुख मोहनप्रसाद आर्यालले बताए ।
प्रतिनिधिसभाका पाँच निर्वाचन क्षेत्र रहेको कैलालीमा २३१ मतदानस्थल रहेका छन् । रासस
“