आहा रारा गोल्ड कप माघ ९ देखि सञ्चालन हुने

मंसिर १७, पोखर । मोफसलकै प्रतिष्ठित १६ औँ संस्करण आहा,रारा गोल्ड कप फुटबल प्रतियोगिता आगामी माघ ९ गते देखि २० गते सम्म पोखरामा हुने भएको छ । पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समिति र जिल्ला खेलकुद विकास समिति कास्कीको समन्वयमा हुने प्रतियोगिताको तयारी तिव्ररुपमा अगाडि बढेको आइतबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिएको हो ।

प्रतियोगितामा विदेशी, विभागिय टिम सहित ए डिभिजनका क्लबहरु सहित पुर्व, पश्चिम क्षेत्रबाट १÷१ टिम र आयोजक सहारा क्लब पोखरा गरी १२ टिमको सहभागिता रहने क्लवले जनाएको छ। ‘खेलकुदको विकासमा सहकार्य गर्रौ, पोखरालाई खेलकुद पर्यटन शहरको रुपमा स्थापित गरौं’ भन्ने मुलनाराका साथ सहारा क्लबले संचालन गर्दै आएको उक्त प्रतियोगिताबाट बचत भएको रकम सहारा एकेडेमीमा रहेका बालकहरुको शिक्षा दिक्षा र भरण पोषणमा खर्चिदै आएको क्लवका अध्यक्ष केशवबहादुर थापाले बताए ।

‘पर्यटकीय शहर पोखरालाई स्पोर्ट हब सिटीको रुपमा परिचित गराउँदै नवप्रतिभावान फुटबल खेलाडीलाई आफ्नो खेल कौशल प्रर्दशन गर्ने उचित अवसर उपलब्ध गराउने हाम्रो उदेस्य हो’ उनले भने। ‘हामी उदेस्य अनुसार आगाडि बढिरहेका छौ।’

क्लवद्धारा सञ्चालन गरिएको तेश्रो व्याचको एकेडेमीमा हाल १६ जिल्लाका २८ जना वालकहरु रहेका छन । उनीहरुको स्वास्थ्य, शिक्षा र भरणपोषणको मुख्य श्रोतनै आहा रारा गोल्ड कप नै रहेको क्लवले जनाएको छ। पोखरा रंगशालाको फुटवल मैदानलाई अन्तराष्ट्रिय स्तरको बनाउनकोलागि अन्तराष्ट्रिय ग्लोबल टेण्डर आव्हान भईसकेको छ तर, अझ केहि प्रकृयाकाहरु पुरा गर्नुपर्ने भएकोले निमार्ण सुरु गर्न अझै केहि समय लाग्ने क्लवका अध्यक्ष केशवबहादुर थापाले बताए ।

फुटवल मैदानको पुर्व र पश्चिम तर्फको प्याराफिट भत्काउन रकम समेत विनियोजन भएकोले तत्कालै प्याराफिट भत्काएपनि कृतिम प्याराफिट निमार्ण गरी यस बर्षको आहा रारा गोल्डकप रंगशालामै सम्पन्न गर्ने अध्यक्ष थापाले बताए । जिल्ला खेलकुद विकास समिति कास्कीका अध्यक्ष यामबहादुर गुरुङले आहा रारा गोल्ड कप सञ्चालन हुने अवधि सम्म प्यारापिट नभत्काई फुटवल मैदान निमार्णको कार्य मात्र अधिबढ्ने बताए।

उक्त प्रतियोगिताबाट एक करोड २१ लाख ८२ हजार आम्दानी र ९० लाख ५ हजार ५ सय खर्च हुने अनुमान गरिएको छ।
हङकङ सहारा साँझाबाट यस बर्ष सहारा क्लवलाई १५ लाख रुपैया सहयोग प्राप्त भएको छ । हङकङ सहाराका महासचिव विल तामाङले उक्त रकम बराबरको चेक सहारा क्लवका अध्यक्ष केशव बहादुर थापालाई आईतबार नै हस्तान्तरण गरेका हुन । १० लाख रुपैया सहारा एकेडेमीको अक्षयकोषमा र ५ लाख क्लवललाई सहयोग हुने गरी उनले सहयोग गरेको हुन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *