छायाँछबि काव्य श्रृंखला हेम र सुशीलाको गजलमा गुन्जियो

 काठमाडौं, मंसिर १८ । छायाँछबि काव्य श्रृंखलामा आईतबार कवि हेम प्रभास र गीतकार तथा गजलकार सुशीला पौडेल गुञ्जिए । आइतबार राजधानीको बागबजार स्थित सिटीम्याक्समा छायाँछवि क्रियशनले गरेको काव्य श्रृंखलाको दोस्रो भागमा उनिहरु गुञ्जिएका हुन् ।

साहित्यकार, कलाकारहरुको बाक्लो उपस्थितिकाबीच कवि हेम प्रभासले आफ्ना चर्चित एवम् नयाँ कविताहरु करिव एक दर्जन सुनाए भने गजलकार सुशीला पौडेलले पनि त्यहि नै हाराहारीमा गजलहरु सुनाएकी थिइन ।

कार्यक्रममा स्वागत मन्तव्य व्यक्त गर्दै छायाँछवि क्रियशनका अध्यक्ष शान्तिप्रियले आफू पनि पहिले साहित्य मै क्रियाशील रहेको विचमा केहि टुटेता पनी अव काव्य श्रृंखलाका माध्यमले जोडीने बताए । हरेक महिना यसरी नै विभिन्न श्रष्टाहरु समेटेर नियमित कार्यक्रम प्रस्तुत गरिने उनले जानकारी गराए । ‘चलचित्र, सङ्गीत एवम् साहित्य एकै विधा हुन् हामीले सेतु बनेर सङ्गीतकर्मी, चलचित्रकर्मी एवम् साहित्यकारलाई जोड्ने प्रयास गरिरहेका छौं’, उनले भने ।

कार्यक्रममा बरिष्ठ गजलकार एवम् मुक्तककार ज्ञानुवाकरले विशिष्ट अतिथीको आशनबाट बोल्दै छायाँछविको यस प्रयास प्रतिको उद्देश्य आफूलाई मन परेको पौडेलले बताए । यसैगरी विशिष्ट अतिथीकै आसनबाट बोल्दै निर्देशक, लेखक, कलाकार मोहन निरौलाले आफु पनि पहिले साहित्यमै सक्रिय रहेको स्मरण गर्दै आफ्नो कविता समेत प्रस्तुत गर्न भ्याए । पछि चलचित्रमा लागेर लेखनको शैली चलचित्रतिर मोडिएको बताउँदै निरौलाले छायाँछविको कार्यक्रम अत्यन्तै सकारात्मक रहेको छ भने ।

कार्यक्रममा उद्घोषण गर्दै छायाँछवि काव्य श्रृंखलाकी संयोजक रश्मि रोदनले कार्यक्रमको स्वरुपका बारेमा प्रष्ट्याएकी थिइन् । रोदनलेबीच विचमा मुक्तक सुनाउँदै आफू छायाँछवि काव्य श्रृंखलामा जोडिन पाएकोमा खुशी व्यक्त गरीन । कार्यक्रममा काव्य प्रस्तोता श्रष्ट्राद्वय हेम प्रभाष र सुशीला पौडेललाई सम्मान समेत गरिएको थियो ।

चलचित्र, सङ्गीतको क्षेत्रमा काम गर्दै आइरहेको संस्था छायाँछवि क्रियशनले साहित्यिक कार्यक्रम पनि प्रारम्भ गरेको हो । यस अघि भदौ महिनामै मुक्तककार रश्मि रोदनको मुक्तक संग्रह ‘प्रियतम’को लोकार्पण कार्यक्रमबाट नै घोषणा गरिएको छायाँछवि काव्य श्रृंखलाको दोस्रो सिलसिला १७ गते आइतबार सम्मन्न गरेको हो ।

 “

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *