नारायण गोपाल सम्मान राष्ट्रकवि घिमिरेलाई

मंसिर १९, काठमाडौं । यस वर्ष नारायणगोपाल स्मृति सम्मान राष्ट्रकवि माधव घिमिरेसहित १२ जनालाई प्रदान गरिएको छ । स्वर सम्राट नारायण गोपालको २७ औं स्मृति दिवसको अवसर पारेर मंगलबार राष्ट्रकवि घिमिरेसहित १२ जनालाई नारायणगोपाल स्मृति सम्मान प्रदान गरिएको हो ।

राष्ट्रकवि घिमिरेसहित वरिष्ठ संगीतकार एवम् गायक सिके रसाइली, वरिष्ठ गीतकारहरु रत्नशमशेर थापा, कालिप्रसाद रिजाल, किरण खरेल, चेतन कार्कीलगायतका सम्मान गरिएको छ । नारायण गोपाल संगीत कोषर्ले नगद २५ हजारसहित सम्मान गरेको हो ।

कार्यक्रममा बोल्दै राष्ट्रकवि घिमिरेले स्वरसम्राट नारायण गोपाललाई नेपालको गीत/संगीतको क्षेत्रमा कुनै पनि उपमा आवश्यक नपर्ने बताए ।उनले नारायण गोपाल आफ्नै सुरुतालमा रम्ने स्वाभिमानी व्यक्तित्व भएको पनि स्मरण गराए ।

काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले नारायण गोपालका कालजयी गीतहरु जति सुनेपनि नपुग्ने अनुभूति सुनाए । उनले नारायण गोपाल संगीत कोषको विकासका लागि आवश्यक सहयोग गर्ने प्रतिवद्धता पनि व्यक्त गरे ।

नारायण गोपाल संगीत कोषले नेपाली गीत संगीतको क्षेत्रमा उच्च योगदान पुयाउनेहरुलाई हरेक वर्ष सम्मान गर्दै आएको छ ।”

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *