छोरी जन्मिने बित्तिकै बैंकमा रकम र जीवन बीमा
“
मंसिर २०, काठमाडौं । समाजमा छोरीप्रतिको नकारात्मक धारणा परिवर्तन गर्न र महिला तथा लैंगिक हिंसा कम गर्न रुपन्देहीका ग्रामीण क्षेत्रका पिछडिएका गाउँपालिकाका जनप्रतिनिधिले जन्मिएका कुनै पनि समुदायका छोरीका नाममा बैंकमा रु २० हजार २० वर्षका लागि राख्ने गरी कार्य्विधि गाउँपालिकाले बनाएको छ ।
अहिले नाबालिका रहेकी छोरी वयस्क अर्थात २० वर्षकी हुँदा बैंकमा जम्मा भएको रकमको ब्याजसहित जोड्दा झण्डै रु तीन लाख पुग्छ । सो कार्यका लागि रु एक करोड २१ लाख गाउँपरिषद्बाट विनियोजन भइसकेको छ ।
सोही गाउँपालिकामा रहेको साना किसान कृषि सहकारीसँग सम्झौताको प्रक्रिया अगाडि बढाएको गाउँपालिकाका अध्यक्ष केवटले बताए । जनप्रतिनिधिले गाउँपालिकाको पहिलो गाउँपालिका सभाबाट निर्णय गरेर नै गाउँमा रहेको बालविवाह र महिला तथा लैंगिक हिंसामा कमी ल्याउने उदाहरणीय कार्यक्रम सार्वजनिक गरेका हुन ।
“