गोविन्दराज जोशीको उम्मेदवारी खारेज, पौडेललाई राहत
मकालु खबर
२०७४ जेठ १५ गते
काठमाडौं,कात्तिक १८ । तनहुँ क्षेत्र नं १ बाट उम्मेदवारी दिएका नेपाली कांग्रेसका नेता गोविन्दराज जोशीको उम्मेदवारी खारेज भएको छ । भ्रष्टाचारको मुद्दामा दोषी ठहर भएको भन्दै निर्वाचन आयोगले जोशीको उम्मेदवारी खारेजको निर्णय गरेको हो ।कांग्रेस बरिष्ठ नेता रामचन्द्र पौडेल विरुद्ध वागी उम्मेदवारी दिएका जोशी विरुद्ध पौडेलले नै निर्वाचन आयोगमा उजुरी हालेका थिए । आयोगको यो निर्णयसँगै कांग्रेस वरिष्ठ नेता पौडेललाई राहत मिलेको छ ।
कांग्रेसले टिकट नदिएपछि पूर्वगृहमन्त्री समेत रहेका जोशीले प्रतिनिधिसभा सदस्यका लागि तनहुँ १ मा स्वतन्त्र उम्मेदवारी दिएका थिए । आयोगले नैतिक पतन देखिने उम्मेदवार अयोग्य हुने कानुनी व्यवस्था भएको भन्दै जोशीको उम्मेदवारी बदर गर्ने निर्णय गरेको हो ।
मकालु खबर
२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित