उपत्यकाबाट एक हजार २०० सवारी नियन्त्रणमा
मकालु खबर
२०७४ जेठ १५ गते
“
मंसिर २१, काठमाडौं । महानगरीय ट्राफिक प्रहरी महाशाखाले निर्वाचनको अवज्ञा गरी सवारीसाधन चलाएको भन्दै एक हजार २१९ सवारी साधनलाई नियन्त्रणमा लिएको छ ।
काठमाडौँ उपत्यकाबाट बुधबार राति १२ बजेदेखि बिहीबार अपराह्न ४ बजेसम्म उक्त सवारी साधनलाई महाशाखाले नियन्त्रणमा लिई कारबाही गरेको हो । महाशाखाले निर्वाचनको समयमा सवारी साधन नचलाउन आग्रह गरेकोे थियो ।
नियन्त्रणमा लिइएका सवारीसाधनमध्ये मोटरसाइकल एक हजार १६२, चारपाङ्ग्रे ५० र भारी सवारी साधन सातवटा रहेको महाशाखाका प्रमुख सर्वेन्द्र खनालले जानकारी दिए ।
“
मकालु खबर
२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित