मंसिर ९ गते एमाले र माओवादीवीच एकता हुने हल्ला निराधार हो : ओली

कार्तिक २६, झापा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी मंंसिर ९ गते एमाले र नेकपा माओवादी केन्द्रबीच एकता हुने भन्ने कुरा हल्ला मात्रै भएको बताएका छन् । उनले दुई पार्टीवीच मिति नै तोकेर मंसिर ९ गते एकता भन्दै ‘निराधार हल्ला’ चलाइएको बताए ।

झापामा आयोजित एक कार्यक्रममा ओलीले भने–‘एकता गर्ने घोषणा गर्नेहरु हामी आ–आफ्नो निर्वाचन अभियानमा छौं, म झापामा छु, प्रचण्डजी चितवनमा हुनुहुन्छ । हामीहरुबीच मंसिर ९ गते एकता गर्ने बारे कुरा भएको छैन हामीले असोज १७ गते नै घोषणा गरेका छौं, निर्वाचनमा तालमेल र त्यसपछि पार्टी एकता हुन्छ ।’

ओलीले वाम तालमेलबिरोधी शक्तिहरुले योजनाबद्ध रुपमा त्यस्तो भ्रामक प्रचार गरेको भन्दै त्यसमा विश्वास नगर्न समेत आग्रह गरे ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *