जाजरकोट प्रदेशसभा क मा सिंह विजयी

जाजरकोट, २३ मंसिर । जाजरकोट प्रदेशसभा (क) का वाम गठबन्धनका गणेशप्रसाद सिंह १६ हजार ९११ ल्याएर विजयी हुनुभएको छ ।
उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका वेदराज सिंहले १२ हजार ८७८ ल्याउनुभएको छ ।

जाजरकोट क्षेत्र नं (क) मा ३२ हजार ६०६ मत खसेको थियो जहाँ कुल मतदाता ४५ हजार ४७२ थिए । गणेशप्रसादले नेकपा (माओवादी केन्द्र) का जाजरकोटको इञ्चार्ज पदमा रहेर काम गर्दै आउनुभएको छ ।”

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *