प्रदेशसभातर्फ बाँकेमा कांग्रेस एक, बाम एक स्थानमा बिजयी
“
मंसिर २३, नेपालगञ्ज । बाँकेमा प्रदेशसभातर्फ दुई स्थानको अन्तिम मतपरिणाम सार्वजनिक भएको छ । क्षेत्र नं. २ को प्रदेशसभा ख तर्फ नेपाली कांग्रेसका सुरेन्द्र हमाल बिजयी भएका छन् । उनका निकटम प्रतिद्धन्द्धी संघीय समाजवादी फोरमका दुर्गेश गुप्तालाई पराजित गरे । गुप्ता ७७९ मतान्तरले पराजय ब्यहोरे । हमालले जम्मा ९२११ मत प्राप्त ल्याए भने गुप्ताले ८४३२ मत ल्याए ।
यस्तै क्षेत्र न। ३ को क मा नेकपा माओवादी केन्द्रका उम्मेदवार इन्द्रप्रसाद खरेल विजयी भएका छन् । उनले निकटतम प्रतिद्धन्द्धी नेपाली कांगे्रसका चन्तराम थारुलाई १६९४ मतान्तरले बिजयी भएका हुन् । खरेलले १६,६७५ मत प्राप्त गरे । भने कांग्रेसका थारुले १४,९८१ मत प्राप्त गरे ।
यस्तै बाँकेमा निर्वाचनको पछिल्लो मतपरिणाम क्षेत्र नं.–१ प्रतिनिधिसभातर्फ वाम गठवन्धनका महेश्वर गहतराजले ७६११, लोकतान्त्रिक गठबन्धनका माधवराम खत्रीले ६६३० मत प्राप्त गरेका छन् । प्रदेशसभा–१ कोक मा बाम गठबन्धनकी कुष्णा के सी ९३२२, कांग्रेसका शरद चन्द्र बर्मा ६८१८, संघीय समाजवादी फोरम नेपालका कमसर खाँले ७६९ मत प्राप्त गरेका छन् ।
यस्तै बाँके क्षेत्र नं.–२ मा प्रतिनिधिसभातर्फका पछिल्लो मतपरिणाम अनुसार फोरमका ईस्तियाक राईले१४२९३, वामगठबन्धनका पशुपति दयाल मिश्रले ९८५१ र लोकतान्त्रिक गठबन्धनका ओमप्रकाश आजादले ८८०७ मत प्राप्त गरेका छन् । प्रदेशसभा–२ को क मा फोरमका विजय यादब ६८१६, लोकतान्त्रिक गठबन्धनका निरन्जन सिंजापति ३५९२, बामगठबन्धनका कामता खटिले १५१२ मत प्राप्त गरेका छन् ।
यस्तै क्षेत्र नं.–३ मा प्रतिनिधिसभातर्फ वामगठवनधनका नन्दलाल रोकाय १५७५२, कांग्रेसका बादशाह कुर्मीले ११७२२मत प्राप्त गरेका छन् ।
“