अब चम्चाबाट थाहा हुन्छ तपाईको स्वास्थ्य स्थिति
आफ्नो स्वास्थ्य स्थिति बारे सबैलाई चासो हुन्छ । आफूलाई कुनै रोग पो लागेको छ कि ? वा रोग लाग्ने सम्भावना छ कि ? यस्ता प्रश्न बारम्बार उठिरहेका हुन्छन् । र, मनमा अज्ञात भयले डेरा जमाइरहेको हुन्छ ।
अब यस्तो शङ्का-उपसंका छाड्नुहोस् । किनभने, अब तपाईँले आफ्नो स्वास्थ्य-जाँच आफै गर्न सक्नुहुनेछ ।
त्यो पनि एक मिनेटमै । कसरी ?
त्यस भए आउनुहोस्, यी काइदा अपनाएर पलभरमै आफ्नो स्वास्थ्य कस्तो छ भन्ने थाहा पाउन सकिनेछ ।
विधि
चम्चालाई आफ्नो जिब्रोको वरिपरि घुमाउनुहोस् ।
अब त्यो चम्चालाई एउटा सफा प्लास्टिकको ब्यागभित्र हाल्नुहोस् ।
त्यसलाई केही समयको लागि बत्तीको प्रकाशमा राख्नुहोस् ।
र, एक मिनेट पश्चात्त अब त्यो चम्चाको जाँच गर्नुहोस् ।
तपाईँको स्वास्थ्यमा कुनै समस्या छैन
यदि तपाईँको चम्चाको पछाडि पट्टीको भागमा कुनै दाग, धब्बा वा गन्ध छैन भने बुझ्नुहोस्, तपाईँको स्वास्थ्यमा कुनै समस्या छैन ।
यदि चम्चाबाट गन्धको महसुस हुन्छ भने
१. यदि तपाईँले चम्चामा सडेको वा तिखो कुनै गन्धको महसुस गर्नु हुन्छ भने बुझ्नुहोस्, तपाईँको पेट वा फोक्सोमा समस्या छ ।
२. यदि तपाईँको चम्चामा गुलियो गन्ध छ भने तपाईँलाई मधुमेह भएको हुनसक्छ ।
३. यदि चम्चाबाट अमिलो खालको गन्ध छ भने तपाईँलाई मृगौलाको समस्या भएको हुनसक्छ ।
यदि चम्चामा दाग, धम्बा छ भने
१. यदि चम्चामा कुनै प्रकारको सेता वा पहेँलो दाग देखिन्छ भने तपाईँको थाइराइडले राम्ररी काम नगरेको हुनसक्छ ।
२. यदि उक्त दाग वा रङ्ग प्याजी छ भने तपाईँलाई ब्रोनकाइटिस, रक्त सञ्चारमा समस्या, उच्च कोलेस्ट्रोरको समस्या हुनसक्छ ।
३. यदि उक्त रङ्ग सेतो छ भने तपाईँलाई श्वासप्रस्वास सम्बन्धी सङ्क्रमण छ ।
४. यदि उक्त दाग सुन्तला रङ्गको छ भने तपाईँलाई मृगौलाको समस्या छ ।
एजेन्सी