हेलिकप्टर चढेर मुस्ताङ पुगेका ओलीले भने–‘ एक पटक हावाको बिजुली हेर्न मुस्ताङ आउनुस्’

काठमाडौं,साउन २९। नेकपा एमालेका अध्यक्ष केपी ओलीले मुस्ताङ पुगेर उत्साहित हुँदै हावाबाट उतपादित भएको ३ किलोवाटको बिजुलीको उद्घाटन गरेका छन् ।

३८ औँ प्रधानमन्त्री भएका बेला हावाबाट बिजालु निकालेर देश झलमल्ल बनाउँछु भन्दा चौतर्फी आलोचित भएका अध्यक्ष ओलीले हिजो शनिबार मुस्ताङमा पुगेर हावाबाट उत्पादित बिजुलीको उद्घाटन गरेका हुन् ।

अध्यक्षा ओलीले हेलिकप्टरबाट मुस्ताङको जोमसोममा हावाबाट उत्पादन भएको बिजुलीको औपचारिक प्रसारण आरम्भ गर्न पुगेका हुन् । ओलीलाई हावाबाट बिजुली निकाल्ने कम्पनी बुद्ध पावर प्रालिले प्रमुख अतिथी बनाएर जोमसोम लगेको हो ।

हावाबाट उत्पादित बिजुलीको आरम्भ गर्दै अध्यक्ष ओलीले मुस्ताङ मात्रै नभएर नबलपरासी र हेटौंडामा पनि तत्काल हावाबाट बिजुली निकाल्न सकिने स्पष्ट पारेका थिए । ‘मैले जनतासामू कहिल्यै झूठा र अपत्यारीला कुरा गरेको छैन । त्यो गर्नेवालामा पनि छैन ।’ ओली भने ‘सबैलाइ आह्वान गर्छु, एकपटक मुस्ताङ आएर हावाको बिजुली हेर्न ।’

गत बर्षको बैशाखदेखि शुरु गरिएको निर्माण कार्य १६ महिना पछि सम्पन्न भएको हो । ३ किलोवाट उत्पादन क्षमता रहेको हावाको बिजुलीबाट ४० मेघावाटको बिजुली उत्पादन गर्ने लक्ष्य रहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *