जस्ले सप्तरीमा बाम गठबन्धनको इज्जत जोगाए

काठमााडौं, मंसिर २५ । सप्तरीको प्रतिनिधि र प्रदेश सभा तर्फका सबै क्षेत्रको मत परिणाम सार्वजनिक भएको छ । प्रतिनिधिसभा तर्फ ४ र प्रदेशसभाका ८ गरी १२ वटा क्षेत्रको नतिजा सार्वजनिक भएको छ ।

 

 

सप्तरीको ४ प्रतिनिधिसभा क्षेत्रमध्ये मधेसी गठबन्धनले ३ क्षेत्रमा र एक क्षेत्रमा कांग्रेसले जीत हात पारेको छ । भने बाम गठबन्धन सो क्षेत्रमा पराजित भएको छ । क्षेत्र नम्बर १, २ र ३ मा मधेशी गठबन्धनका उम्मेदवार निर्वाचित भएका छन् भने ४ नम्बरमा काँग्रेस विजयी भएको छ ।

मधेसी गठबन्धनले जितेको क्षेत्र :
क्षेत्र नम्बर १– मा संघीय समाजवादी फोरम नेपालका डा. सुर्यनारायण यादव, क्षेत्र नम्बर–२ मा संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव र क्षेत्र नम्बर ३ मा राजपाका उम्मेदवार चन्द्रकान्त चौधरी निर्वाचित भएका छन् । क्षेत्र नम्बर–१ का डा. यादव २१ हजार ७ सय १२ मत प्राप्त गरी निर्वाचित हुँदा उनका निकटतम प्रतिद्वन्द्वी बाम गठबन्धनका उम्मेदवार अशोक मण्डलले १८ हजार २ सय २५ मत प्राप्त गरे । तेस्रो स्थानमा रहेको काँग्रेसका उम्मेदबार रामदेव साहले १५ हजार २ सय २५ मत प्राप्त गरे ।

क्षेत्र नम्बर २ बाट संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव निर्वाचित भएका छन् । यादवले २१ हजार ६२० मत ल्याई विजयी भए भने उनका निकटतम प्रतिद्वन्द्वी वाम गठबन्धनका उमेश यादवले ११ हजार ५८० मत पाएका छन् । स्वतन्त्र उम्मेदवारी दिएका जयप्रकाश ठाकुरले भने ९ हजार ४ सय ५८ मत प्राप्त गरे ।

क्षेत्र नम्बर ३ मा राजपाका चौधरीले २२ हजार ५ सय ८४ मत प्राप्त गरी विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका दिनेश यादवले १९ हजार ४ सय १ मत प्राप्त गरे ।

क्षेत्र नम्बर ४–कांग्रेस

प्रतिनिधिसभा क्षेत्र नम्बर ४ मा भने कांग्रेस विजयी भएको छ । कांग्रेसका उम्मेदवार तेजुलाल चौधरी दोस्रो पटक निर्वाचित भएका छन् । यसअघि उनी ०७० सालको दोस्रो संविधानसभाको निर्वाचनमा कांग्रेसबाटै विजयी भएका उनी यस पटक पुनः विजयी भएका हुन् । चौधरी २४ हजार १ सय १३ मत ल्याएर विजयी भए । उनका निकटतम प्रतिद्वन्द्वी राजपाका मृगेन्द्रकुमार सिंह यादवले १४ हजार ८ सय ८६ मत ल्याए ।

प्रदेशसभाको परिणाम : दुई भाईको जित 

प्रतिनिधिसभातर्फ बाम गठबन्धनले कुनै सीटमा विजयी हासिल गर्न नसकेपनि प्रदेशसभा तर्फ सप्तरी क्षेत्रनम्बर १ को ‘क’मा एमालेका सत्यनारायण मण्डल निर्वाचित भएका छन् । एमालेका प्रदेश संयोजक सत्यनारायण मण्डल ११ हजार ३ सय २ मत ल्याएर विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्दी राजपाका राजकुमार लेखीले ९ हजार २५२ मत पाए ।

क्षेत्रनम्बर १ को ‘ख’मा राजपाका नवलकिशोर साह १३ हजार ६ सय ४७ मत प्राप्त गरी विजयी भएका छन् भने कांग्रेसका बद्री महात्मान यादव ६३३ मत ल्याई दोस्रो स्थानमा रहे ।

सप्तरी प्रदेशसभा क्षेत्र क्षेत्रनम्बर २ को ‘क’मा मा संघीय समाजवादी फोरम नेपालका शैलेन्द्र साह निर्वाचित भएका छन् । साह १० हजार ५ सय ७० मत ल्याएर विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी वाम गठबन्धनका सरोज मण्डलले ७ हजार ५ सय ९३ मत प्राप्त गरेका छन् ।

प्रदेशसभा क्षेत्र क्षेत्रनम्बर २ को ‘ख’मा राजपाका महासचिव मनिष सुमन प्रदेशसभामा निर्वाचित भएका छन् । उनी ८ हजार ९३९ मतका साथ उनी निर्वाचित भएका हुन् । उनको निकटतम प्रतिद्वन्द्वीमा वाम गठबन्धनका महेश यादव ४ हजार ९८६ मत ल्याएका छन् ।

प्रदेशसभा क्षेत्र क्षेत्र नम्बर– ३ को ‘क’मा कांग्रेसका उम्मेदवार मोहम्मद समीम ११ हजार ६ सय २८ मत ल्याएर विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी राजपाका दिनेश यादवले ९ हजार ९ सय ७९ मत प्राप्त गरे ।

प्रदेशसभा क्षेत्र क्षेत्रनम्बर ३ को ‘ख’मा राजपाका बिदेश्वर यादव निर्वाचित भएका छन् । यादवले १० हजार ३ सय २८ मत प्राप्त गरे भने उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका भगवती प्रसाद यादवले ६ हजार २ सय १२ मत प्राप्त गरेका छन् ।

प्रदेशसभा क्षेत्र नम्बर– ४ को ‘क’मा एमालेका जिल्ला अध्यक्ष गोबिन्द न्यौपाने १५ हजार ११३ मत ल्याई विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका सिताराम साहले ११ हजार ३९५ मत पाएका छन् ।

प्रदेशसभा क्षेत्र क्षेत्रनम्बर ४ को ‘ख’मा संघीय समाजवादी फोरम नेपालका अभिषेक यादव निर्वाचित भएका छन् । ९ हजार ६ सय ५ मत प्राप्त गरी उनी निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका विवेकानन्द झाले ७ हजार ३ सय ३६ मत प्राप्त गरेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *