राजनीति छोडेर सुन्तला खेती गरेका बिष्णुभक्तको बार्षिक तीन लाख आम्दानी
मकालु खबर
२०७४ जेठ १५ गते
बिष्णु जोशी
मंसिर २६, बझाङ । बझाङ बुंगल नगरपालिका कफलसेरी(अठपलि) का बिष्णुभक्त जोशीको दिनचर्या प्राय: आफ्नो सुन्तलाबारीमा नै वित्ने गरेको छ। लामो समय राजनीतिमा विताएका बिष्णुभक्त २०६० सालदेखि सुन्तला खेती गरिरहेका छन् ।
‘युवावस्थादेखि नै राजनीतिमा लागे, जिल्ला विकास समितिको सदस्य पनि भए’ उनी भन्छन्– ‘तर घरजहान पाल्नै धौंधौं हुन थालेपछि राजनिती छोडेर सुन्तला खेती गर्न थाले ।’
सुन्तला खेतीबाट अहिले उनले वार्षिक तीन लाख रुपैयाँ बढी आम्दानी हुने गरेको बिष्णु भक्त बताउछ्न । २०४३ सालमा उच्चशिक्षा हासिल गर्न काठमाडौं पुगेका उनी स्नातक तह उत्तीर्ण गरेपछि ०५१ सालमा बझाङ फर्किएका थिए । २०५४ सालमा जिल्ला विकास समिति सदस्य निर्वाचित भएका बिष्णुभक्त केही समय जनयुद्धकालमा माओवादीमा समेत रहेका थिए ।
‘म माओवादीमा रहेको बेला नेपाली सेनाले खोजी गर्न थाल्यो, म लेकको भैंसीगोठमा लुके त कहिले त कहिले कैलाली का चुरे जङ्गल तिरउहाले भन्नू भयो– ‘त्यहीबाट म सुन्तला खेतीमा लागे, अहिले पूर्णरूपमा किसान बनेको छु । उनको बारीमा पाँच सय बढी सुन्तलाका बोट रहेका छन् । बोटहरु थप्दै पनि छु ।’
उनले सुन्तला खेतीको आम्दानीबाटै दुई छोरा र एक जना भाइलाई उच्च शिक्षा पढ्न काठमाडौं पठाएको बताए । बझाङको बुंगल नगरपालिका कफलसेरी अहिले जिल्लाकै सुन्तला खेतीको केन्द्र बनेको छ । बुंगल कफलसेरीका सबै घरपरिवारले धेरथोर सुन्तलाका बोट लगाएका छन् । कुनैबेला अन्य जिल्लाको सुन्तला भित्रिने गरेको बझाङमा अहिले कफलसेरीको सुन्तलाले बजार पाइरहेको छ । किसानहरूका अनुसार कफलसेरीको सुन्तला मिठो हुने हुनाले स्थानीयले राम्रो रुचाएका हुन ।
बिष्णुभक्तको प्रेरणाबाट सुन्तला खेतीमा लागेका थलारा गाउँपालिकाका हर्कबहादुर सिंहले वार्षिक सात लाख रुपैयाँसम्म आम्दानी गरिरहेको बताए । उनले जिल्ला कृषि विकास कार्यालयको अनुदान तथा सहयोगमा सुन्तला खेती गरिरहेको बताए । जिल्ला कृषि विकास कार्यालयका वरिष्ठ कृषि विकास अधिकृत राजेशकुमार केशीले कफलसेरीलाई सुन्तलाको मुख्य क्षेत्र बनाउने योजना रहेको बताए ।
मकालु खबर
२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित