सिरियामा अमेरिकी सेनाले गरेको कारबाहीमा २३ सर्वसाधारणको मृत्यु
मकालु खबर
२०७४ जेठ १५ गते
“
मंसिर २८, काठमाडौँ । सिरियाको पूर्वी प्रान्त देइर इजोर प्रान्तमा भएको अमेरिकाआवद्ध हवाई कारबाहीमा परी कम्तीमा २३ सर्वसाधारणको मृत्यु भएको मानव अधिकारवादी संस्थाले जनाएको छ ।
आइएइस लडाकूको नियन्त्रणमा रहेको एक गाउँलाई लक्ष्यगरी गरिएको कारबाहीमा परी मारिएका सर्वसाधारणमा आठ बालबालिका र छ महिला रहेका सिरियन अब्जरभेटरी फर ह्युम्यान राइट्सले जानकारी दिएको छ । प्रत्यक्षदर्शी अब्जरभेटरीकै एक सदस्यका अनुसार मारिएका ती सर्वसाधारण एकै भवनमा लुकेर बसेका संयुक्त परिवारका सदस्य रहेका थिए ।
सिरियामा आइएसले नियन्त्रण गरेको इलाकाहरुमा अमेरिका आवद्ध सुरक्षाबलले कारबाही गर्ने क्रममा सर्वसाधारणको ज्यान जाने गरेको छ । सन् २०१४ बाट सिरिया र इराकभरी अमेरिकाआवद्ध सेनाको हवाई कारबाहीमा परी ८०१ सर्वसाधारणको मृत्यु भइसकेको छ ।
“
मकालु खबर
२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित